मधेसी पहाडी हिमालका हिमाली
सैयौँ जाती जनजाती हामी सबै नेपाली

तराइ हो मुटु हाम्रो पहाड हो छाती
हिमाल हाम्रो उच्च शिर संसारकै माथी
थरिथरि भेषभुषा भाषा थरी थरी
हामी सबै समान छौँ हक बराबरी



नहोस कोहि उचोनिचो नहोस काखापाखा
नयाँ संबिधानले गाओस समानताको भाका
आपसमा खिचातानी लडाँइ खेल्नु भन्दा
अखण्ड यो नेपालको समाउँ एउटै झण्डा

( यो गीत का रचनाकार जनबादी गायक जीबन शर्मा हुनुहुन्छ। छिटै बजारमा आउने
यो गीत जती मीठो छ शब्द त्यत्तिकै उत्कृष्ट बनेका छन। नयाँ संबिधान जारी
हुने दिन नजिकै आउँदै गर्दा राम्रो संबिधान बनाउनको लागि दबाब स्वरुप
सानो भएपनि पहल होस भनि यो गित को शब्द यहाँ उल्लिखित गरिएको हो।)