भागबन्डाको खिचातानी कैलेसम्म भन अब
आफ्नैमात्र मनोमानी कैलेसम्म भन अब

जनताका आशाहरु निराशामा बदलिदा
तिम्लाइ खुसी छानिछानि कैलेसम्म भन अब

तिम्रा महल बनाउन लड्याहोइनौँ हामी बुझ्यौ
हाम्लाइ मात्र सधै हानी कैलेसम्म भन अब

देश अब एकादेशको कथा बन्छ यस्तै चालले
राष्ट्रघाती तिम्रो बानि कैलेसम्म भन अब