देशै जान थाल्यो टुक्रा टुक्रा परेर
उठ देशभक्त हातेमालो गरेर

अहिलेसम्म सामन्तले देश पुरै गाल्यो
त्यहि बेलामा बिस्तारबादले देश निल्न थाल्यो
सामन्त र बिस्तारबादी दुबै हाम्रा बैरी
यिनीबाट नेपाललाइ जोगाउने के गरी

बर्गदुश्मन सँग थियो हाम्रो युद्ध जारी
त्यो युद्धलाइ खत्तम पार्न आए नाना थरी
अखण्ड यो हाम्रो देश खण्ड खण्ड पाली
आफुमाझ लडाउने हुँदैछ तयारी

नेपाली हो एकजुट भइ उठ फेरी जाग
यो देशलाइ बचाउने लडाँइमा लाग
बर्गिय लडाँइहो हाम्रो मुख्य पेसा
यै लडाँइले बचाउनेछ हाम्रो प्यारो देश
देशै जान थाल्यो टुक्रा टुक्रा परेर