उस्तै छ हामीलाई पिरलो

उस्तै छ हाम्रो अबस्था

उस्तै छ शासन जनतालाइ

उस्तै छ फेरी ब्यबस्था

फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छे हरु

फेरियो रंग शोसक को ,फेरिए लुट्ने मान्छेहरु

उस्तै छ रुप देशको
,उस्तै छन दु:खी जनता

उस्तै छ दमन हामीलाइ
, उस्तै छ फेरि ब्यबस्था


फेरिए हामीलाई झुक्याउन शोषणका नौला रुपहरु

गरीबका झुप्रा छाप्रामा झुल्केनन घामका किरणहरु

उस्तै छन काला कानुनहरु, उस्तै छ देशको अबस्था

उस्तै छन भोका नाङ्गाहरु, उस्तै छ फेरि ब्यबस्था

गर्जनै पर्छ बसन्त झन् ठुलो हुंकार बोकेर

उठ्नु नै पर्छ जनता मुक्तिको बिगूल् फुकेर

सामन्ती जालमा परेर फेरिन्न हाम्रो अवस्था

बर्गीय युद्ध जितेर ल्याउनेछ नौलो ब्यबस्था

उस्तै छ हामीलाई पिरलो

उस्तै छ हाम्रो अवस्था

उस्तै छ शासन जनतालाई

उस्तै छ फेरि ब्यबस्था

(२०५२/५३ तिर नेपाल को गाउँ बस्तीमा रक्तिम परिवारको यो गित असाध्यै घन्किन्थ्यो। तर मलाइ लाग्छ यो गीत अझै पनि समयसान्दर्भीक नै छ। के यो हामी नेपालीको बिडम्बना नै हो त?)