लड्दै जाउ तिमी हामी फाल्दै गर्छौँ जाल हजुर

हाम्रो दिन फर्किएसी बल्ल पाउला चाल हजुर


सपना त बाँढेकै थ्यौ जनतालाइ मिठामिठा

छाड्ने छैनन जनताले हुँदा खाली थाल हजुर


देश टुक्राउने खेल पनि खेल्छौ भन्ने सुनिदैछ

बिखण्डनका बिनाशकारी देखेनौ कि छाल हजुर

ढुक्क छौँ बनाउन्नौँ संविधान कसैगरी

ढुक्कसाथ हेरीराछौँ तिम्रो नाचको ताल हजुर


असफल त हुन्छौ तिमी हाम्रो भागमा फेरी सत्ता

कति मजा आउला तिम्रो भागमा पर्दा गाल हजुर


(यो मेरो भनाइ होइन तर यसै भनेर ताली पिट्ने जमात फेरी पनि टाउको उठाउन
खोज्दै छ। साबधान नेपाली जनताहरु। खबरदार प्रतिक्रियाबादी हरु)