यो पनि कुनै लेख्नुपर्ने कुरा हो र? अरुको लागी त थाहा छैन मेरो लागी चाहिँ पक्कै हो। किनकी म नयाँ बर्ष बर्थडे लगायत का कुरामा बिस्वास छैन। यस बारेमा लेखेको पोष्ट हेर्न सक्नुहुन्छ। यो नयाँ बर्ष पनी त्यसै गरी नमनाउने मेरो योजना थियो। तर कतिपय आफुलाइ नयाँ नेपालको डिजाइनर ठान्ने तथा पुरानो सबै ध्वस्त पारेपछी मात्र नयाँ नेपाल बन्छ भनेर आत्मरतिमा रमाउने हरुका कुतर्क सुनेपछी म नयाँ बर्ष मनाउँने निर्णय मा पुगेको हुँ।

पुरानो को अन्त्य नै नयाँको उदय होइन। पुरानो को रुपान्तर पनि नयाँको आधार बन्न सक्छ। अर्को तर्फ नयाँ बन्दा कतिपय पुराना उपयोगी तत्व संरक्षित गरिनु पर्दछ। तर नयाँ नेपाल को नाराभित्र घुसेर आफ्नो स्वार्थपुर्तीको लागि या राष्ट्र नै समाप्त पार्नको लागि लागिपरेका कतिपय तत्व बिभिन्न तरिकाले बर्बराउँदै हिँडेका छन। कहिले यिनको बर्बराहट जातिय संघीयताको रुपमा बाहिर आउँछ कहिले झण्डा परिबर्तनको रुपमा प्रकट हुन्छ। त कहिले पात्रो परिबर्तनको रुपमा देखिन्छ। झण्डा परिबर्तनको र संघीयताको बारेमा म अहिले चर्चा गर्दिन र पात्रो परिबर्तनको बारेमा मात्र कुरा राख्दै छु।
एक जना मित्र ले फेसबुकमा पात्रो र बिक्रम संबतको बारेमा असाध्यै निम्न स्तरको तर्क राख्नुभएको रहेछ। म बिक्रम संबतको बिकल्प छैन भन्ने पक्ष मा त होइन तर पुरानो भन्दै सबै फेर्नुपर्ने आत्मरतीको बिरोधी पक्कै हो। उहाँले नेपाल संबतको वकालत गर्नुभएको छ। नेपाल संबत राष्ट्रिय संबत पक्कै हो तर बैज्ञानिक संबत होइन। यसको आधार चन्द्रमान मा छ न कि सुर्यमानमा। तसर्थ यो तिथीका आधारमा अगाडी पछाडि परिरहने संबत हो। तसर्थ नेपाल संबत लाइ राष्ट्रिय संबत बनाउनु राष्ट्रबादी नारा देखिएला तर ब्यबहारिक नारा पक्कै होइन। अनि उहाँ मित्र ले बिक्रम संबत बिदेशी भएकोले यो फेर्नुपर्ने र त्यसको बिकल्प नेपाल संबत या इस्वी संबत दिनुभएछ तर मेरो प्रस्न इस्वी संबत कहाँको संबत हो नी?
बिक्रम संबत निर्बिकल्प संबत नहोला तर नेपाली जनजिबनमा असाध्यै गहिरो सँग जरा गाढेको संबत हो यो। तत्काल पात्रो परिबर्तन ब्यबहारीक तरिकाले असम्भब नारा हो। नेपाल का लगभग सबैले बैसाख जेठ बुझ्छन तर जनवरी फरबरी बुझ्दैनन। त्यसैले यो दिर्घकालीन योजना मा राखिनुपर्छ न कि कुनै बहुलठ्ठीले भने जस्तो तत्काल फेरिनुपर्ने।
अँ बिषयबस्तु कहाँ पुगिसकेछ। कहिलेकाही बिचार र भावना को अन्तरद्वन्द मा भावना ले जित्दो रहेछ। अहिले मेरो केसमा त्यहि भएको छ। म नया बर्ष नमनाउने भएपनि भाबनात्मक कारणबाट मनाउने निर्णयमा पुगेको छु। तपाइँलाइ पनि नयाँ बर्षको सुभकामना ल!