म मरे पनि मलाई सम्झी सम्झी नरुनु आमा
म त देशको निम्ति लड्दै छु
संघर्षको मैदानमा राइफल बोकी

भाइ बैनी भोक भोकै घुम्दा हुन सधै रनवन
मेरी बुढी आमा रुँदै जाँदी हुन मेलामा दिन दिन
मलाई थाहा छ मेरो घर बिग्रेको छ, भत्केको छ
तिम्रो माइतीघर बिग्रेकोले बैनी तिम्रो मन अति पिरिन्छ

तर तिम्रो दाजुलाई कहिल्यै सम्झी सम्झी नरुनु बैनी
म त जनताको निम्ति लड्दै छु
संघर्षको मैदानमा मुठ्ठी कसी

आफ्नो अर्को नभनेर मायाँ गर्नु मेरा साथी सारालाई
हामी रोए सत्रु हाँस्छ रोक्नु आमा आँशु धारालाइ
संघर्षमा साथ दिने सबै मेरा आमाहरु हुन
संघर्षमै छाती खोल्ने सबै तिम्रा छोराछोरी सम्झनु

मलाई आफ्नै देशको मायामा अघि बढ्न देउ हिम्मत दिई
मलाइ हाँसेर मर्न देउ
संघर्षको मैदानमा गोली पिई

(आज मातातिर्थ औँसी को अबसरमा मलाइ मन पर्ने रक्तिम परिवार को डिलाराम आचार्य (दिनेश) को सब्द र जीबन शर्माको संगितमा बनेको रक्तिम परिवार को यो गित मेरी आमालाइ उपहार)