संबिधान लेख्नु छैन, सत्ता भन्दै हिँड्छौ कती
गणितको चलखेल, टाउका गन्दै हिँड्छौ कती

सहमती गरे हुन्थ्यो, एउटा निकास दिए हुन्थ्यो
दुनियाँको उपहासको, पात्र बन्दै हिड्छौ कती

कुर्सी भन्दा देश ठुलो, सोचेनौ है कत्ती पनी
जोगाउन नाथे कुर्सि, अझै कन्दै हिँड्छौ कती

यस्तै पारा चल्यो भने, देश डुब्छ पक्कै पनी
देशघाती बाटो तिमी , अझै खन्दै हिड्छौ कती