यादहरुको थुप्रोभित्र ढल्दैछ जीन्दगानी
भुसभित्रको आगोसरी बल्दैछ जीन्दगानी

तिमीसँग बिताएका पलहरुको सम्झनामा
कछुवाको गतिसरी चल्दैछ जीन्दगानी

 आशाहरु सकिएर निराशाले अत्याउँदा
 पुरानो खण्डहरझै गल्दैछ जीन्दगानी

सपनामा केहि मिठा पलहरु देखाएर
आफैलाइ आफैसँग छल्दैछ जीन्दगानी