एक जना साथी ले मलाई एउटा फेसबुक ग्रुप मा सामेल हुन निम्ता गर्नु भएको थियो। जुन ग्रुप को नाम हो आउनुस् नयाँ पार्टी खोलौ! म त्यती बेला नै त्यो ग्रुप मा आफ्नो बिचार लेखेको थिएँ तर आफ्नो पुरै भावना लेख्न सकिन। त्यसैले आफ्नो पुरै भावना लाई त्यो ग्रुप मा पुर्याउन र त्यो समुह मा नभएका मित्रहरुलाई समेत् मेरो बिचार बुझ्न सजिलो होस् भनेर यो पोस्ट गर्दै छु। 
आजकाल धेरै फेसबुक पेज मा नयाँ मन्त्रिमन्डल भनेर बिभिन्न क्षेत्र मा राम्रो प्रभाब जमाएका ब्यक्तित्वलाई समेटेर काल्पनिक मन्त्रीमन्डल बनाएको देखिन्छ। त्यसमा मदनकृष्ण श्रेष्ठ लाई राष्ट्रपती हरिबंस आचार्य लाई प्रधान मन्त्री अनी रमेश खरेल लाई गृह मन्त्री जस्ता पद बाडिएको पाईन्छ। शायद त्यो फोटो शेअर गर्ने लाई के थाहा छैन भने कुनै क्षेत्र मा राम्रो काम गरेको ब्यक्तित्व लाई राख्दैमा देश मा आमुल परिवर्तन भइहाल्छ भन्ने कुरा गलत हो। हुनत राम्रो ब्यक्ती पद मा हुनु ले केही फरक पर्ला तर आमुल परिवर्तन को आशा भने गलत हो। आमुल परिवर्तन को लागि नेत्रित्व राम्रो भएर मात्र हुन्न जनता को चेतनास्तर मा आमुल परिवर्तन जरुरी हुन्छ। अब यही फेसग्रुप को कुरा गरौ। यो ग्रुप मा पनि केही राम्रा भनिएका ब्यक्ती लाई आधार बनाएर पार्टी खोल्ने र त्यस को आधार मा देश मा परिवर्तन गर्न सक्छौ  भन्ने गरिएको पाईन्छ। त्यहाँ लेखिएको छ
"साथीहरु हामीले इच्छा गरेका र जनता ले पत्याएका केहि आदरणीय व्यक्तिवसंग नयाँ पार्टी खोल्ने सम्बन्धमा मेरो कुरा भएको थियो ! उहाँहरु बाट सकारात्मक प्रतिक्रिया पाए ! लौ है साथी हो केहि होला जस्तो छ ! आउनुस अझै रचनात्मक दवाब सिर्जना गरौ !"
राजनीति र पार्टी भनेका समाज का ऐना हुन। समाज को चेतना लाई आमुल परिवर्तन नगर्दा सम्म राजनीति परिवर्तन हुन्छ भनेर विश्वाश गर्न सकिन्न। यसै सन्दर्भ मा एक जना बुद्धीजिबी माधवराज आचार्य ले फेसबुक मा लेख्नु भएको थियो 
"हामी नेपाली अचम्मैका छॊं ! 1 किलो आलु किन्दा चैं सढे-गलेको, काटिएको-चोइटिएको, फोहोर-पानी चढेको आदि पन्छ्याएर किन्छॊं; तर, आफ्नो भविष्य सपार्ने/विगार्ने नेता रोज्दा भने, नेताको गुण/दोष नखोजी आफ्नै रुचीको पार्टीलाई छाप हान्छॊं । हामी नेपालीले दलहरूको यस्तो दासत्वबाट आफूलाई जवसम्म मुक्त गर्दैनॊं, तवसम्म हाम्रो विकाश सम्भव छैन "।
 यो वाक्य ले  हाम्रो राजनीतिक संस्कार लाई जनाउँछ। म धेरै साथी सँग पटक पटक भन्ने गरेको कुरा के हो भने नेता हरु चोर हुन भने हामी पनि चोर हौँ र नेता हरु चोर का सरदार हुन। कतिपय ले के भन्छन भने केही नेता हटाउने हो भने सबै समाधान हुन्छ। तर तल काम गर्ने नेता हरु कती राम्रा छन त? त्यो हेर्न कलेज मा राजनीति गर्ने विद्यार्थी नेता हियर पुग्छ। त्यसैले नेता हरु को बिस्थापन या नयाँ पार्टी को स्थापना समस्या को समाधान हैन। मुख्य कुरा माथि माधवराज जी को तर्क मा जस्तै आलु जस्तै नेता छान्न सक्ने राजनीतिक संस्कार को बिकास हो।