हेल्लो सरकार कति प्रभाबकारी बन्यो भन्ने कुरो त सबैलाई थाहा छ। म पनि
बिगत म एक पटक प्रयोग गरेर भोगेको मान्छे भएको ले त्यस प्रती त्यती धेरै
चाख थिएन। तर अर्घाखाँची जिल्ला का केरुङ्गा गाबिस का केही युवा भने
हेल्लो सरकार को खुलेर प्रयोग गर्ने गरेका भेटिए। प्रयोग चाँही कसरी त
त्यो नि अचम्म लाग्दो छ।
सबै लाई थाहा छ हेल्लो सरकार मा फोन गरेको पैसा लाग्दैन। अन्य टेलिकम का
फ्री मा फोन गर्न मिल्ने सेवा मा कल डाइवर्ट गर्ने सुबिधा हुँदैन तर
हेल्लो सरकार मा भने फोन डाइवर्ट गर्न मिल्ने रैछ। युवा हरु फोन स्विच अफ
गर्नु पर्ने बेला मा र राती को समय मा त्यतै फोन डाइवर्ट गर्ने रैछन् ।
अझ रमाइलो त त्यस मा भएको अटोमेटिक एन्सर सिस्टम ले "तपाईं को फोन नम्बर
रेकर्ड भएको छ "भन्ने रैछ। फोन गर्ने मान्छे लाई नि एक पटक झस्काउने अनी
आफु लाई डिस्टर्ब नि नहुने। हैन त गज्जब को तरिका.........,.