डा योगी विकाशानन्द जो मलाई अध्यात्मको बाटोमा पाइला चाल्न सिकाउने ब्यक्ती हुन। म मात्र हैन थुप्रै नेपाली युवाहरुलाई अध्यात्मको साथ साथै जीवन दर्शन सिकाउने ब्यक्ती समेत विकाशानन्द हुन। तर बोल्ने क्रममा उनले केही गलत तथ्य प्रस्तुत गर्ने गरेका छन। बिशेष गरी बिज्ञानको व्याख्यान गर्ने क्रममा उनले त्यस्ता धेरै गलत तथ्य प्रस्तुत गर्ने गरेका छन। म यहाँ उनले धेरै पटक प्रस्तुत गरेका दुई तथ्यको बारेमा लेख्दै छु।
विकाशानन्दले आइनस्टाइनको मास इनर्जी सम्बन्धलाई सधैं गलत तरिकाले प्रस्तुत गर्ने गर्छन। मास इनर्जी सम्बन्ध अनुसार हरेक बस्तुमा अनन्त शक्ती सन्चित हुने गर्छ। जसलाई E=mc2 सम्बन्धले बताउने गर्दछ। यस्को अर्थ के हो भने कुनै पदार्थको मास m छ भने त्यसमा त्यस्को मासलाई प्रकाशको गतीको स्क्वाएरसँग गुणा गरेर आउने परिमाण बराबर को शक्ती सन्चित हुने गर्दछ। तर विकाशानन्दले भन्छन कुनै बस्तुलाई प्रकाशको गतीमा फाल्ने हो भने असिमित शक्ती आउने गर्दछ। शायद विकाशानन्दले बुझेका छैनन कि केही रेस्ट मास सुन्य भएका पदार्थ बाहेक अरु पदार्थलाई प्रकाशको गतीमा पठाउन असम्भब छ। तर उनले यो तथ्यलाई एक पटक हैन पटक पटक दोहोराउने गर्दछन।
अर्को उनको गलत व्याख्यान हो चिमको बारेमा। एडिसनले चिम बनाउनु अघी सम्म चिम बल्नु असम्भब मानिन्थ्यो। त्यो कुरा ठीक हो। तर विकाशानन्दले भन्छन चिम बल्नु बैज्ञानीक रुपमा अहिले नि असम्भब कुरा हो किनकी चिम भित्र अक्सिजन हुँदैन। र अक्सिजन नभएको ठाउँमा आगो बल्न सम्भब हुँदैन। तर चिम बल्ने मेकानिज्म साधारण आगो बल्ने प्रकृया भन्दा फरक हो भनेर विकाशानन्दले बुझेका छैनन या बुझेका भए पनि आफ्नो प्रबचनलाई सुन्दर बनाउन त्यसलाई गलत तरिकाले व्याख्या गर्ने गर्दछन।
यो त केही उदाहरण हुन। यस्ता तर्क प्रबचन सुन्दर त बनाउलान तर त्यसले स्रोतामा जाने सन्देश गलत हुने गर्छ। त्यसैले विकाशानन्द जस्ता सम्मानित गुरुले तर्क गर्दा त्यस्को गहिराइ बुझेर तर्क गर्दा उचित होला कि।

0 Comments