(यो कुनै कथाकारले लेखेको कथा हैन | अझ भन्नु  पर्दा यो कथा नै हैन | दुइजना साथीहरु यतिकै बसेर गफिदा मनमा आएको सानो कुरालाइ अक्षरमा ढाल्ने अमुर्त प्रयास मात्र हो यो | भर्चुअल संसारमा मेरोलागी सबै भन्दा मिल्ने साथी (उहाँको नजरमा म त्यो स्थान पाउन सके सकिन त्यो थाहा छैन ) को मनमा आएको प्रसँगलाइ अलिअलि मोडेर कथाजस्तो बनाउन खोजेको हो | कथाको अन्त्य गर्नेक्रममा बाहेक हामीहरु दुबैको यसमा बराबर भूमिका छ )



उ केहि दिन देखको भोको थियो | राम्रो सँग रगत खान नपाएको थुप्रै दिन भएको थियो | आजकालका मानिसहरु स्वार्थी छन् | प्रकृतिले दिएको रगत चुस्ने अधिकार खोस्न के के हो  केमिकल प्रयोग गर्छन उसले सोच्यो  | यस्तै क्रममा उ एउटा कोठामा छिर्यो जहाँ न बिसादी छरिएको थियो न त कुनै मच्छर भगाउने केमिकल प्रयोग भएको थियो | उसले सोच्यो आज चाहिं राम्रो मौका छ | कोठामा छिर्दै गर्दा उसले देख्यो एउटा नौजवान केटा एउटा बाकस अगाडी बसेर मस्कीमस्की कुरा गर्दै थियो | मानिसहरु पागल हुँदै छन् | बाकस सँग कुरा गरेर बस्छन | उसले सोच्यो |
त्यो युवक कुरामा यति माग्न थियो कि उसको निधारमा मच्छर आएर बसेको समेत उसले चाल पाउन सकेन | मच्छर उसको कपालको नजिकै निधारमा गएर रगत चुस्न खोज्दै थियो त्यति नै बेला उसले युवकले हेरिरहेको बाकसमा नजर लगायो | त्यहाँ अर्को नौजवान युवती  त्यहि बाकसमा बसेर उसँग कुरा गरिरहेकी थिई | “यो मानिस भन्ने प्राणी जती असन्तुस्ट र खुराफाती प्राणी प्राणी कोहि पनि छैन | प्रकृतिले दिएका बस्तुमा हामी जस्तो खुसी भएर रमाउन सके यिनीहरुको के जान्थ्यो र | के के  बनाउँछन अनि अरु प्राणीहरुलाई अफ्टारो बनाउँछन | ” मच्छरले मनमनै सोच्यो | र त्यो बाकसमा देखिएकी युवतीलाई एक नजर लगायो | त्यो युवती पनि कुरामा यति मस्त थिई की उसलाई आफ्नो कपालमा आएर बसेको अर्को मच्छरको कुनै चासो थिएन | मच्छर तर्सियो कतै यो केटी एनिमल प्लानेट की प्रस्तोता त होइन ? तर केहि बेर हेरेपछी उ ढुक्क भयो अरु जे भएपनि यो बाकसले उनीहरु बारे केहि कार्यक्रम देखाउने छैन |
केहि बेरमा केटिको कपालमा देखिएको मच्छरले पनि उसलाई हेर्यो | यसरी उनीहरुको हेराहेर सुरु भो | केटाको निधारमा बसेको मच्छरलाइ यो हेराइ सजिब लाग्यो | पहिलो पल्ट उसले कुनै बिपरित लिंगी मच्छरलाइ त्यसरी हेरेको थियो, कुनै उसले बुझ्न नसक्ने बाकसको भित्ता मै भए पनि सहि |
केहि बेरमा केटाले आफ्नो हात आफ्नो ओठमा जोडर हावामा फाल्यो केटिले पनि त्यसै गरि | मच्छरले आफ्नो उपस्थिति केटाले थाहा पायोकी भनेर एक छिन भाग्यो | फर्केर आउँदा त्यो बाकसको उजाल्यो बन्द भैसकेको थियो |

मच्छरलाइ निकै नरमाइलो लाग्यो | आफ्नो भोक मेटाउन नपाएको पिर भन्दा पनि बाकस भित्र देखिएकी मच्छरलाइ धित मरुन्जेल हेर्न नपाएको पिर उसलाई धेरै थियो |
त्यो दिन भर उसले त्यो कोठा छोडेन | केटा फर्किने अवसरको प्रतिक्षा उसलाई निकै भयो | भोकले सताएको बेला कुनै प्राणी भेटिनु  भन्दा ठुलो पिडा थियो यो | उसले बुझ्न सकेन यो पिडा किन हुँदै छ उसलाई |


अर्को दिन ठिक त्यहि समयमा त्यो केटा बाकस अघी आएर बस्यो | मच्छरले नबुझ्ने गरि थुप्रै ठाउँमा दबायो | र एक छिनमा फेरी अघिल्लो दिन जस्तो गरि नै त्यो केटि बाकसको भित्तामा देखा परि |केटिको कपाल कपडा सब थोक फेरिएको थियो | हिजो उसले मच्छर देखेको स्थानमा आज पनि त्यहि मच्छर थियो | ठिक उही ठाउँमा हिजो को जसरी नै |  हेराहेरको तरिका उस्तै | भावनाको प्रबाह उस्तै | उसले पहिलो पल्ट आफु मानिस नहुनुको पिडा महसुस गर्यो | उनीहरु आफ्नो भावना व्यक्त गर्न कति स्वतन्त्र छन् | प्रकृतिले हामीलाई कति ठगेको छ | मानिसहरु आरक्षणको कुरा गर्छन आरक्षण चाहिने त हामीलाई पो हो त | उसले सोच्यो |
आज पनि केटाले अन्त्यमा केटाले त्यसै गरि हात हल्लायो र बाकसको उजाल्यो बन्द गर्यो | मच्छरलाइ निकै नरमाइलो लाग्यो | मानिस हरु प्रकृतिले दिएको कुराहरुमा सन्तुस्ट नभएर गल्ती चाही गरेका हैनन है | उसले आफ्नो जाती प्रती केहि गुनासो गर्यो |


केहि दिन पछि
आज पानी परेको छ | अर्थात केटिको कुरा गर्ने स्थान फेरिएको छ | सधै बार्दलीमा बसेर कुरा गर्ने केटि आज कोठा भित्र आएर कुरा गर्दै छे | कतिको कोठामा चाहिं मच्छर धुप बालिएको छ | त्यसैले आज केटि सँग संगै आउने मच्छर बाकसमा अनुपस्थित छ |
यता अर्को मच्छर चाहिं पहिले जस्तै ठिक समयम उपस्थित भएर प्रतीक्षा गर्दै छ | आज युवतीको पहिरन मात्र हैन युवतीको वरिपरिको बाताबरण पनि फेरिएको छ | र सबै भन्दा ठुलो परिवर्तन बाकसमा देखिने मच्छर आज अनुपस्थित छ | मच्छरलाइ नरमाइलो लाग्छ | त्यहि पनि केहि बेर पछि देखिने आशामा कुरेर बस्छ | तर अर्को मच्छर आउने कुनै छाँट देखिन्न |  केहि नराम्रो भएको नहोस भन्दै प्रार्थना गर्छ | मान्छेले भगवान नी आफु जस्तै बनाएका छन् हाम्रो लागी त भगवान पनि छैनन् | उसले सोच्छ |
यसरी नै २ ३  दिन सम्म पानी पर्दै जान्छ | र मच्छरहरुको देखभेट हुन  बन्द हुन्छ | ,मच्छरलाइ निकै न्यास्रो लाग्छ | के गरौँ कसो गरौँ हुन्छ | त्यहि छटपटीमा युवकको हातमा गएर टोक्छ | भोक र प्रेम बियोगमा आफ्नो क्षमता भन्दा धरै रगत उसले चुसिसकेको हुन्छ | त्यहि बेला केटाले आफ्नो हातमा मच्छरले रगत चुसेको देख्छ | ट्याप्प हान्छ | धेरै रगत चुसेर भाग्न नसकेको मच्छर त्यहीं मर्छ | उसको सरिरबाट अघि चुसेको रगत निस्किन्छ र  युवकको हातमा लाग्छ |
युवकले जुक्ती लगाउछ | जसो तसो त्यो रगत आफ्नो कापीको पानामा पोतेर प्रेमको चिनो बनाउँछ | एका तर्फ आफ्नो नाम लेख्छ | अर्को तर्फ युवतीको नाम लेख्छ | 




यहि मच्छर हो जसले यो कथा लेख्ने माहोल बनायो | मेरो साथीको हातमा यो मच्छर टोक्न बसेको थियो | उहाँले मच्छर मार्न चाहनुभएन | तर हातमा कैद गर्नुभो | केहि बेरपछि मुठ्ठी खोल्दा पनि त्यो मच्छर भागेन | त्यहि मौकामा उहाँले यो फोटो खिंच्नु भो | र अरु स्वार्थी भएर के भो र मच्छरले भएनी मलाइ माया गरेको छ भनेर स्टाटस लेख्नु भो | यहि मच्छर र त्यो स्टाटस यो कथाका प्रेरक प्रसँग हुन्
पानि रोकिन्छ | पुन युवती छतमा गएर कुरा गर्न सुरु गर्छे | उताको मच्छर पुर्बबत रुपमा आएर युवतीको कपालमा बस्छ | र आफ्नो साथीलाई खोज्छ | तर अपसोच उसले देख्न सक्दैन | ठिक त्यहि बेला युवकले आफ्नो गोजी बाट कागज निकालेर युवतीलाई देखाउछे | युवती मुसुक्क मुस्काउछे | तर मच्छर निर्दोष आँखाले त्यो कागजलाई हेरिरहन्छ अनबरत रुपले |