आज कुकुर तिहार । हिन्दुहरुले कुकुरलाई यमराजको दुतको रुपमा पुजा गर्ने गर्दछन । साथै संसारभरीनै कुकुरलाइ बफादारीता र इमानदारीताको प्रतीकको रुपमा लिने गरिन्छ । तर के कुकुरको प्रकृति यहि नै हो त? यसको उत्तर चाहिँ डार्बिनले प्रतिपादन गरेको क्रमविकासको सिद्धान्तबाट भेट्न सकिन्छ ।
आजभन्दा हजारौं बर्ष अगाडि जतिबेला मानिस ढुङ्गे युगमा थियो त्यतीबेलादेखी मानिसले थुप्रै जनावरहरुलाइ आफ्नो सजिलोकोलागी घरपालुवा बनाउन (domestication) सुरु गरेको पाइन्छ । र यो क्रममा सबैभन्दा पहिला कुकुर घरपालुवा बनेको थियो भन्ने कुरा जीवाबसेसको अध्ययनबाट पुष्टि भैसकेको छ । तर पहिलो पटक मानव समाजमा घरपालुवाको रुपमा आउँदा कुकुर अहिलेको अबस्थामा पक्कै थिएन । बरु जंगली सिकारी ब्वाँसो वा स्यालको समुहसँग कुकुरको प्रकृति मिल्थ्यो । कुकुरले सत्रु जनावर आएको एकदमै छिटो पत्ता लगाउन सक्ने गुणको कारण त्यतीबेलाको मानवसमाजले कुकुरलाइ आफ्नो समाजमा राख्न चाहेको हुनुपर्छ   । र आफ्नो खाना कुकुरसँग बांडेर खाएको हुनुपर्छ । यसरी कुकुरले दुख नगरी खाना पाउने र मानिसहरुले सुरक्षाको अनुभुती गरेको हुनु पर्छ   ।

तर यो अभ्यास सजिलो भने थिएन । जंगलमा घुमेर हिंड्ने जनावर पक्कै मानिसको नियन्त्रणमा वस्न चाहेन । त्यसैले मानिसले सुरुमा नियन्त्रणमा लिएका अधिकांस कुकुरहरु तुरुन्तै जंगलमा फर्किएहोलान । सानो संख्यामा मात्र मानिससँग बस्न राजी थिए होलान । तर यो प्रकृया हजारौं वर्षसम्म चल्दै गएको थियो । यसरी मानव समाजको नियन्त्रणना हरेक पुस्तामा केही कुकुर थपिँदै गए र उनिहरुबिचमानै प्रजनन हुन थाल्यो। जुन पकृयाले जंगलमा पाइने कुकुरहरुकै अर्को समूह भन्दा भिन्न प्रकृतीको समूह मानव समाजको अभिन्न अंग बनेर रहन थाल्यो ।( यसरी क्रमबिकास हुने पद्वतीलाइ आर्टिफिसियल सेलेक्सन भनिन्छ र हामीहरुले पाल्ने गरेका सबै जनावर यही पद्वतीका आधारमा बिकास गरिएका हुन)

आज कुकुर वफादारीताको प्रतीकको रुपमा रहेको छ । तर कुकुर प्रजातीकै थुप्रै जनावर अहिले पनि जंगलमा घुमिरहेका छन र तिनिहरुलाइ धपाउन अहिले हामीहरु कुकुर नै प्रयोग गर्छौँ । यसरी कुकुरलाइ जंगली सिकारी जनावर बाट घरपालुवा इमानदार जनावर बनाउन मानव समाजले नजानेरै भए पनि अपनाएको आर्टिफिसियल सेलेक्सनको प्रकृया नै हो ।