सानो चोट
हातको औँला मा
तर जीवन नै ठप्प भएको जस्तो
सबै कुरा रोकिए जस्तो
मात्र सानो चोट तर परिणाम ठूलो

तिम्रो देशलाई पनि त चोट लागेको छ
तर किन तिमीलाई आफ्नो जीवन ठप्प भएजस्तो लाग्दैन?
किन तिमीलाई त्यो चोट दुख्दैन?
के कालापानी र  सुस्तामा लागेको चोट, चोट होइन