सहिदको रगतको टाटो भुलेजस्तो लाग्यो
आन्दोलनले देखाएको बाटो भुलेजस्तो लाग्यो

जनबिचार प्रतिबिम्बित देखिएन सरकारमा
जनआन्दोलनको सिङ्गै पाटो भुलेजस्तो लाग्यो

आफ्नैलाइ लत्याएर प्रतिगामी सँग मिल्ने
आफु र तिनीबिचको फाटो भुले जस्तो लाग्यो

देश र जनताप्रती जिम्मेबारी छैन कतै
सरकारले आफ्नै देशको माटो भुले जस्तो लाग्यो