तिम्रो याद बटुलेर गरेको प्रेम हो यो
सपनाका बिजहरु छरेको प्रेम हो यो

मनलाइ खाली बनाइ तिम्रा याद सँगालेर
तिम्रै याद मनभरी भरेको प्रेम हो यो

तिमीलेनै चिनाएथ्यौ प्रेम भन्ने सब्द मलाइ
त्यहि सब्दसँगै खेल्दै परेको प्रेम हो यो

टाढा हुँदा बढ्दै जाने प्रेमको जातै यस्तो
तिमी टाढा हुँदा नजीक सरेको प्रेम हो यो