फाल्गुन कृष्ण चतुर्दशी अर्थात शिबरात्री। परम्परागत रुपमा शिबको आरधना
गरेर मनाइँदै आएको दिन। तर त्यति मात्र कहाँ हो र? हरेक नेपाली पर्बमा
झैँ शिबरात्री मनाउनेको लागि बोनस पनि छ। बोनस जस्तै दशैँमा टन्न दक्षिणा
लिने, तिहारमा भैलो खेलेको नाममा चन्दा! (धत्तेरी चन्दा कहाँ हो र पैसा
असुलेको मात्र) त नेपालका कपिराइट परम्परा भइहाले। त्यस्तै बिश्वमै अनौठो
पर्ब छ यो शिबरात्री पनी।
 मानिस शिबको पुजा गर्लान नगर्लान तर गाँजाको
पुजा पक्कै गर्छन। गाँजा अर्थात शिबको पृय बस्तु। भगबान शिब लाइ त पृय
बस्तु गाँजा लाइ गैरकानुनी घोषणा गर्नु आफैमा धर्मबिरोधी हरकत हो। तरपनि
एक दिन भएपनि यसमा छुट दिएर सरकारले शिबभक्त (हिन्दु मात्र होइनन किनकी
यो दिन गाँजा भएपनि खाएर सबैले शिब भक्ति जनाउछन) लाइ खुसी बनाएको छ।
धन्यबाद सरकार लाइ। तर अब नयाँ नेपाल निर्माण गर्ने बेलामा के अझै
शिबरात्री मात्र भन्ने। राष्ट्र गान परिबर्तन भयो झण्डा परिबर्तनको कुरा
आएको छ उस्तै परे नेपालकै नाम परिबर्तन हुन पनि सक्छ (भारत चाहिँ नरहोस)
भने शिबरात्रीको नाम किन परिबर्तन नगर्ने? यो त यथास्थितिबादी हर्कत
भैहाल्यो नि। बरु बहुसङ्ख्यक नेपालीको स्वभाबलाइ ध्यान दिदैँ यसको नाम
फेरेर गाँजा रात्री बनाउँ। अझ सकिन्छ भने यो दिनलाइ गाँजा फ्रि डे को
रुपमा बिश्वभर प्रचार गरौँ। अनि त पर्यटकको पनी ओइरो। यो त राजस्व
संकलनको उपाय पो हो त। रक्सी मा ट्याक्स लगाएर बेच्न हुँने चुरोट पनि
बेच्न हुने गाँजा किन नहुने। लोकतन्त्रमा कसैलाइ काखा कसैलाइ पाखा गर्न
पाइँदैन ल। गाँजा डे घोषणा हुनैपर्छ। जनतालाइ पनि फाइदा सरकारलाइ पनि
फाइदा पर्यटकलाइ पनि फाइदा। अर्थात सबैलाइ फाइदा। यसो गरे कसो होला।