सहिदको रगतको टाटो भुलेजस्तो लाग्यो
आन्दोलनले देखाएको बाटो भुलेजस्तो लाग्यो

जनबिचार प्रतिबिम्बित देखिएन सरकारमा
जनआन्दोलनको सिङ्गै पाटो भुलेजस्तो लाग्यो

आफ्नैलाइ बिर्सिएर प्रतिगामी सँग मिल्ने
आफु र तिनी बिचको फाटो भुलेजस्तो लाग्यो

देश र जनताप्रति जिम्मेबारी छैन कतै
सरकारले आफ्नै देशको माटो भुलेजस्तो लाग्यो