नेपालमा मनाइने अनेक पर्ब मध्ये सायदै कुनै त्यस्तो पर्ब होला जसको रुप
बिगारेर कुरुप बनाइएको नहोस। यस्तै पर्ब मध्ये एक पर्ब हो होली अर्थात
फागुपुर्णिमा। धार्मिक कथाको सत्यता या बैधतालाइ एकछिन छाड्नेहो भने होली
एक सामाजिक सद्भाब बढाउने महत्वपुर्ण चाड हो। अबिरको चाड भनेर पनि चिनिने
यो पर्बले आजकाल भने बाग्मतिले झैँ आफ्नो स्वरुप गुमाएर लोला को पर्ब
भनेर चिनिन थालेको छ। होली सुरु हुनुभन्दा लगभग पन्ध्र दिन अगाडिदेखीनै
बाटोमा लोला आतङ्क सुरु हुन्छ र यो अभियन्ता बिशेष गरेर केटासमुह हुन्छन
भने आक्रमणको निसाना बिशेस गरि केटीसमुह हुन्छन। यो आतङ्क साधारणतया केटा
र केटीको बिपरीतलिङ्गी आकर्षणको रुपमा चित्रित गरिएला तर यसलाइ गहन
तरिकाले बुझ्दा समाजमा गुम्सिएर रहेको यौन मनोबिज्ञान को प्रकट रुप देखिन
आँउछ। यौनको बारेमा खुला तथा फरक तरिकाले ब्याख्या गर्ने दार्शनिक ओशोको
अनुसार सामाजिक यौन बिकृती हरु प्राय गरेर कथित सभ्य समाजले यौनलाइ
बन्देज लगाइएकोले आएको बताउँछन। उनले यो प्रकृया जति समाज "सभ्य" भयो
त्यति बढ्ने र अबिकसीत समाजमा कम वा सुन्य प्राय हुने बताउँछन। जसको
उदाहरण हो सहरीकरण वा बिकसित ठाँउका बासीन्दा भन्दा गाँउ वा जङ्गलमा
बस्ने आदिबासी समुहमा बलात्कार, समलिङ्गी सम्बन्ध जस्ता यौन बिकृती
अत्यन्तै न्युन वा सुन्य प्राय हुन्छन। र सभ्य समाजमा एक न एक प्रकारले
प्रकट भइरहन्छन जसको एक रुप लोला पनि हो।
होली त सामाजिक रमाइलो को पर्ब हो। एउटा पक्षले रमाइलो गर्दा अर्को पक्ष
पिडामा पर्छ भने के त्यो पनि पर्ब हो त? त्यो त अघोषित अपराध हो। अमानबिय
हर्कत हो। लोला हान्नेले कहिल्यै सोच्दैनन कि बाटोमा हिँड्ने ब्यक्ती
कुनै कामबिशेषले हिँडेको होला। वा अरु कुनै धर्मावलम्बी होला र उसलाइ
हिन्दुको पर्ब मनाउन इच्छा नहोला। बस लोला बनायो बाटो कुर्यो अनि केटी
आउनासाथ लोला हान्यो। धन्य छ हाम्रो समाज जहाँ समाज जति बिकसीत हुँदै
जान्छ त्यतिनै यस्ता बिकृती बढ्दै जान्छन।