कैले मुटुभित्र घाउ चस्किएर सम्झिएथेँ
कैले आफै आफैबाट खस्किएर सम्झिएथेँ

साथिभाइले तिम्रो नाम सँग मेरो नाम जोडि
जिस्काउँदा कहिले आफै मस्किएर सम्झिएथेँ

जिन्दगीको लामो यात्रा मायाको खानि हो रे
त्यहि मायाँ मुटुबाट पस्किएर सम्झिएथेँ

यादैयादको थुप्रोभित्र रुमल्लिदाँ जिन्दगानी
अत्तालिँदा अत्तालिँदै झस्किएर सम्झिएथेँ