देशको कथा के लेखौँ र सबै घनघोर हजुर
सासनसत्ता चलाउने सबै चोरैचोर हजुर

आफ्नै भुँडि भर्नेको हालिमुहाली चल्छ यहाँ
जनताको काम गर्नेको छैन केहि जोर हजुर

संसद र सरकारमा भागबन्डाकै खिचातानी
लाग्न थाल्यो संसद सरकार बंगुरको खोर हजुर

राष्ट्रको नाम जप्ने राष्ट्रघाति देख्ना लाग्छ
जो चोर उसको हुन्छ ठुलो सोर हजुर