दिनभरी मकै पोल्ने चाख्न नपाउने
बर्षभरी खेती गर्ने राख्न नपाउने

यस्तो रीती के रीती तोडौ अब हामी मिली
रातदिन काम गर्ने थाक्न नपाउने

हाम्रा पसिनाले सुनका दरबार बन्ने तिनलाइ
हाम्ले भने आफ्नो जिउ ढाक्न नपाउने

अन्याय र अत्याचार सहिरहनु पर्ने
कहिले पनि तिनको सत्ता ताक्न नपाउने

उठ अब गरिब किसान बनाउँ अब यस्तो रिती
लुटेराले अब देश हाँक्न नपाउने