पण्डित अर्थात नेपालमा अलिकति पुजापाठ गराउँने ब्यक्ती। अझ गाउँमा त
जानेबुझेको कहलाउने ब्यक्ती। तर मैले यहाँ उल्लेख गरेको पण्डित भनेको
पुजापाठ गराउने पण्डित लाइ होइन बरु दुइचार तर्क कुतर्क गरेर आफुलाइ
राजनितिक बिस्लेषक दाबी गर्न पछि नपर्ने फोस्रो बौद्धिकतालाइ हो।
हामी नेपाली पोख्त नभएको बिषय के होला? कोहि बिरामी भयो कम्तिमा तातो
पानि खाने सल्लाह दिइहाल्छौँ, घर बनाउन थालेको भए घरको डिजाइन तयार
गरिहाल्छौँ। अर्थात हामी डाक्टर इन्जिनियर दार्शनिक बिस्लेशक सबै एकैचोटी
हौँ। धन्य छौँ हामी।
तर अरु बिषयको भन्दा पनि अब म बिश्लेसकको बारेमा
लेख्दै छु। बिश्लेसक अर्थात नेपाली चोक चोक गल्ली गल्लीमा भेटीने नेपालको
कपिराइट सम्पती। हरेक को आ-आफ्नै तर्क आ आफै ठिक भएको हठ। बिना कुनै
अध्ययन तर्क गर्यो भयो। यो पाण्डित्याइले अबत ब्लगका भित्ता पनि रङ्गिन
थालेछन। भर्खरै एउटा ब्लग पढेको थिएँ जसमा बिशेस गरि बाबुराम भट्टराइको
आलोचना गरिएको थियो। उनको बौद्धिकताको खिल्ली उडाइएको थियो र उनलाइ
अत्यन्त निम्न स्तर को ब्यक्तीको रुपमा प्रस्तुत गरिएको थियो। बाबुरामको
बिचार प्रती सहमती राख्ने जति अधिकार छ त्यती नै बिमती राख्ने पनि। तर
बाबुरामको कट्टर आलोचना या समर्थन गर्नेले बुझुन बाबुरामको बौद्धिकतामा
संका गर्न बाबुरामको जति पहिले अध्ययन गरौँ। मार्क्सबाद, माओबाद या
संघात्मको आलोचना नागरिक या जनदिशा जस्ता पत्रिका पढेको आधारमा होइन बरु
पुस्तक अध्ययन गरेको आधारमा गरौँ। तर पण्डितहरुलाइ अध्ययन गर्ने फुर्सद
कहाँ छ र? फोस्रा तर्क को आधारमै रमाइलो मान्नेहरु। यस्ता पण्डितहरु चाहे
काङ्ग्रेस समर्थक हुन चाहे माओबादि भक्त हुन चाहे एमालेका क्याडर
यिनीहरुको साझा बिशेसता के हो भने यिनीहरु आफ्नो तर्क बाट कहिल्यै पछि
हट्दैनन। आफ्नो तर्क मात्र ठिक भन्ने यिनिहरुको साझा बिशेसता हुन्छ।
बस्तुगत आधारमा नभइ मनोगत आधारमा बिश्लेसण गर्ने तर आफुलाइ मार्क्स
एङ्गेल्स वा बीपी भन्दा महान बिचारक ठान्नु उनिहरुको पाण्डित्य धर्मको
गायत्री मन्त्र हो कुरान हो बाइबल हो।
एकजना दार्शनिकले भनेका छन बिस्लेसक बाटोको स्पिडब्रेकर मात्रै हो।
बिस्लेसकले आफुले दक्षता पाएको भए आफुनै उक्त काम गरिसक्थ्यो आफुले
सक्दैन अरुलाइ पनि यसरी हुँदैन भनेर अर्ती दिन्छ। बिजेता त्यहि हो जसले
आफ्नो अगाडिका स्पिडब्रेकरलाइ छिचोल्दै लक्ष्यसम्म पुग्छ। नयाँ नेपाल
निर्माणमा लागेका योद्धाहरुलाइ यस्ता बिस्लेसक रुपि स्पिडब्रेकरलाइ
छिचोल्दै लक्ष्यसम्म पुगुन यहि छ सुभकामना।