केही बर्ष अगाडी नेपालमा भएको यु 19 एसिया कप क्रिकेटमा नेपाली दर्शकको
ब्यबहार प्रती मलेसियाली खेलाडीले खुला रुपमै त्यसको बिरुद्ध आबाज उठाएका
थिए
अस्ती भर्खर सम्पन्न डिभिजन फाइभ क्रिकेट को अन्तिम लिग म्याच मा दर्शकको
ब्यबहार बिर्सनलायक रह्यो
हिजो मात्र भृकुटिमण्डपमा भएको रेसलिङ प्रतियोगिता दर्शकले बिथोले
यि केही मात्र उदाहरण हुन जसले आम नेपाली को खेल मनोबिज्ञान को प्रष्ट
तस्बिर दिन्छ। आफुले समर्थन गरेको समुह ले खराब प्रदर्शन गर्दा मात्र
होइन राम्रो प्रदर्शन गर्दा पनी बिपक्षी खेलाडीलाइ गरिने दुर्ब्यबहार
पक्कै खेल दर्शकको अनुशासन होइन। अन्तर्राष्ट्रीय रुपमा नै खेल सुरक्षाको
बिषय अत्यन्तै संबेदनशील मुद्दाको रुपमा अगाडी आइरहेको अबस्थामा पक्कै
पनि यस्ता ब्यबहारले बिदेशी खेलाडीलाइ नेपालमा खेल्न आउँदा पक्कै एकपल्ट
सोच्न बाध्य पार्छ। हुनत भारतमा क्रिकेट दर्शक या इङ्गल्याण्ड का फुटबल
दर्शक को हुल्याहापन सँग नेपाली दर्शकको ब्यबहार तुलना गर्न खोजिएला तर
बुझ्नुपर्ने कुरा के छ भने ति देशहरु आफ्नो खेलमा अब्बल छन त्यसैले
दर्शकको ब्यबहार थाहा हुँदा हुँदै पनी अन्य देश त्यहाँ खेल खेल्न जान्छन
तर नेपाल को अबस्था त्यस्तो छैन। नेपाल हरेक खेलमा बढिमा मध्यम टिम मा
पर्छ। बिश्वका धेरै देशले त सायद नेपाली टिमको नाम सुनेका पनि छैनन होला।
यस्तोमा हाम्रो खेल अभ्यास र सुधार को बाटो मात्र हो। त्यसैले दर्शको
अभद्र ब्यबहार खेल बिकासको लागी पक्कै लाभदायक छैन। प्राबिधिक बिकास
गर्दै खेल पर्यटनको बिकास गर्न सकिने अबसर का साथै खेल सुरक्षा को
बिश्वब्यापी चासोका बिच खेलको सुरक्षीत गन्तब्य बनाउन सकिने अबसर भएको
नेपाल लाइ यस्ता ब्यबहारले खै कहाँ पुर्याउला हेर्न बाँकि छ।