अहिले तराइमा कृषकले आन्दोलन गरिरहेका छन।
कारण छ भारतबाट ल्याएको बिउमा चार चार घुगा लागेपनि दाना एउटै लागेन। त्यसैले कृषकहरु आन्दोलनमा जान बाध्य भए। तर यहाँ त अझ अर्को बिकराल समस्या पनि पैदा हुँदैछ। नेपालको राजनितिक खेतमा केहि समय अगाडि दिल्लीबाट बाह्र बुँदे सम्झौता गरेर संबिधानसभाको बिउ ल्याइएको थियो। मल सिँचाइ को उपयुक्त याम छानेर सबै जनताले बिउ पनी छर्ने काम गरेकै हुन। तराइका किसानका मकैमा चार चार घुगा लागेजस्तै यहाँ पनि २०५बाट ६०१ घुगा लाग्ने गरि संबिधानसभाको बिउ हलक्कै बढ्यो।तर खै त्यो बिउको प्रतिफल देखिएकै छैन। दुइ बर्षमा प्रतिफल दिने भनेर कृषि कार्यालय ले जानकारी पनि दिएकै थियो। मौसम अनुकुल नरहेमा छ महिना ढिलो हुनसक्ने पुर्बजानकारी पनि थियो। तर खै दुइ बर्ष पुग्न आँट्यो दाना पनि लागेन। अब कसलाइ गुहार गर्ने? बिउ खराब पर्यो भन्ने कि बिउ उत्पादन भएको मित्रराष्ट्र लाइ सरापेर बस्ने कि? अन्तमा मलिलो र सिँचाइ भएपनि माटोरुपी जनतालाइ नै दोष आउला जस्तो छ। उत्पादकलाइ दोष दिने त बानि नै छैन हाम्रो। उफ

0 Comments