म एक ब्राह्मण हुँ। तर त्यो भन्दा पहिले एक नेपाली हुँ। मेरो अटल मान्यता यहि हो। तर हिँजो एकजना ब्राह्मण समाज भन्ने सँस्थाका बरिष्ठ ब्यक्ती आएर म लगायत केही साथीलाइ ब्राह्मण समाजको पक्षमा काम गर्न अनुरोध गर्नुभयो। मैले त्यतिबेलै त्यो बिचारको खण्डन गरेपनि अन्य साथिलाइ पनि मेरो धारणा प्रबाहित गर्नुपर्ने आबश्यक ठानेर ब्लग मा प्रकाशित गरेको छु। हुनत मेरो धारणा न त देशको आधिकारीक धारणा हुनुपर्ने मेरो हठ हो न त सबैले स्विकार गर्नुपर्ने मान्यता। तर पनि एक नेपाली भएको नाताले नेपालको एक नागरिक को भाबना अर्को नागरिकले अध्ययन गर्न को लागि पनि सार्बजनिक मन्चको प्रयोग आबश्यक देखेकोले नै यो पोष्ट गरेको हुँ।
अब बिषयबस्तु तर्फ नै लागौँ। माथी उल्लिखित ब्यक्तीले बुँदागत रुपमा ब्राह्मण समाज को औचित्य माथि प्रकाश पार्न खोज्नुभएको थियो। तर लगभग रुपमा जे आएपनि सारमा उहाँको तर्क जातीय पहिचानको राजनिती चलेको बेला ब्राह्मणको पनी पहिचान होस भन्ने थियो। उहाँ लगायत ब्राह्मण वा क्षेत्री समाज का सम्बन्धित ब्यक्ती हरु प्रति मेरो एक मात्र प्रस्न के हो भने जातिय राजनिती को बिरुद्ध संघर्ष गर्छौँ भन्नेहरुले नै अर्को जातिय संगठन स्थापना गर्दा कस्तो सन्देस जाला? के यो त जातिय राजनितीको बैधानिकता भएन र? म आफैमा जातिय राजनितीको बिरोधी हुँ। जातिय राजनिती को बिरोधमा मेरा आफ्नै मान्यता छन। तर अर्को जातिय संगठन खोलेर जातिय राजनितीको बिरोध होइन बरु बैधानिकता नै मिल्नेछ। अर्को तर्फ जातिय समुदायमा जातिय राजनिती गर्नेहरुले अर्कै प्रकारको आश्वासन र सपना बाँडेका छन। जस्तो अस्ति मात्र एक जना मेरा मधेसी मित्र ले नेपाली सेनामा करिब नौँ सय मात्र मधेसी मुलका मान्छे रहेको तर्क दिदैँ हुनुहुन्थ्यो। अनि त्यस प्रकारको भाबनाको उचित सम्बोधन बिना केवल जातिय राजनितीको एकाङ्गी बिरोध पनि जायज देखिदैन ब्राह्मण मित्रहरु। हो जातिय राजनितीको बिरोध आबस्यक छ। त्यसको आफ्नै तरिका होलान। त्यति हुँदा हुँदै पनि जातिय संघियता बिरुद्धको तपाइँको आबाजप्रती समर्थन भए पनी तपाईँहरुको प्रकृयाप्रती समर्थन नहुने जानकारी गराउँछु।

2 Comments
महेश जी !
ReplyDeleteउहाँ ले त्यसो भन्नुलाई असान्दर्भिक र अमान्य मान्नु भएन । एउटा तर्क हेरौँ न, हाम्रा नेता भनाउँदाहरु को भर छैन, कुर्सीका लागि जातियता को नाम मा राज्य छुट्याइ हाले भने, हामी ब्राम्हण क्षेत्री ले के गर्ने ???
म पनि संघियता विरोधी अनि मलाई लाग्छ ब्राम्हण समाज का लागि आएका व्यक्ति पनि संघियता विरोधि नै होलान् तर यति हुँदा हुँदा पनि, ब्राम्हण क्षेत्री को संगठन आवश्यक नै भइसक्यो । कारण यहाँ समूह को कुरा जो पनि सुन्न तयार हुन्छ । हामीलाई ब्राम्हण राज्य चाहिएको पनि हैन तर पनि अरु ले जाति विेशेष को हकदावी गर्छन् भने हामी ले पनि हाम्रो हक दावी गर्नु कुनै नौलो कुरा होइन। अनि यि कुराहरु न्युटन कै "क्रिया र प्रतिक्रिया" को सिद्धान्त बाट प्रेरित छन् ।
कसैले हक दावी गर्छ भने, प्रतिक्रिया स्वरुप हामी पनि जानैपर्ने हुन्छ । किनकी यहाँ जातिय राज्य केही गरि बनेमा ठूलै रक्तपात हुन सक्छ । यहाँ कसैले कसैलाई टेर्ने वाला छैन ।
अनि अर्को कुरा, सेना मा यति छन् उती छन् भन्ने कुरा पनि चित्त बुझ्दैन । सेना मा खुलेको बेला मा दरखास्त दिन जानु पर्यो नि, पहिले नै डर ले खुट्टा कमाएर नगएपछि, यसै पनि संङ्ख्या त थोरै भइहाल्छ नि । यो कुरा मा सेना लाई दोष दिने कुरा नै केही छैन ।
तराइ का नेताहरु को छन् ? जो जति छन् सबै मधेसी मुल कै त छन्, ती कति चोटि मन्त्रि भएका छन्, अनि तिनले कति काम गरेका छन्, आफ्ना जनता का लागि ? यो एउटा यस्तो जेलिएको श्रृंखला छ कि फुकाउन धेरै गाह्रो छ ।
तराई कै कुरा हेर्ने हो भने, फोरम को सुरुवात सँगै चुरेभावर, थरुहट आदि को पनि जन्म भयो, त्यसको एउटै मात्र कारण हो, केहीगरि जातिय प्रदेश भइहाले मा आफ्नो हक दावी गर्ने । किनकी यहाँ जे पनि हुन सक्नेवाला छ । अनिकाल मा बिउ जोगाउनु, हुलमुल मा ज्यान जोगाउनु भन्ने कुरा यहाँ लागु हुन्छ ।
अत: जातिय प्रदेश को विरोध गरिरहँदा पनि कुनै विशेष संगठन मा रहनुलाई नराम्रो मान्नु हुँदैन भन्ने मेरो धारणा छ । म पनि जातिय संघियता विरोधि तर प्रतिक्रिया कै लागि मात्र भएपनि, 'म ब्राम्हण हुँ' भन्न आवश्यक छ ।
आकार जी तपाँइले उठाएको कुरा म राम्ररी बुज्छु। जातिय संघीयता वा राजनिती अनि नाइजेरिया या युगोस्लाभीया का परिणाम पनि मलाइ थाहा छ। म पुर्ण रुपमा त्यो संस्थाको बिरोधी नभइ कतिपय प्रकृयाको सन्दर्भमा मात्र मेरो असहमती रहेको बताउन चाहान्छु। मैले भन्न खोजेको के भने जातिय राजनिती गरेका संगठन ले आफ्नो समुदायमा गएर के भन्लान? ति बाहुन ले पनी त खोले त संस्था भन्ने कुरा पनि त नआउला भन्न सकिन्न। किनकी नेपालको राजनिती बिचार र सिद्धान्त मा होइन तर्क र कुतर्क मा टिकेको छ। अनि के जातिय राजनिती झन संस्थागत हुने सम्भाबना प्रबल भएन र? हो हामी बुझ्छौँ ब्राह्मण संगठित हुनुपर्ने आबस्यकता तर सबैले सही ढङ्गले बुझ्छन भन्ने पनी त छैन? हो यही सम्भाबनाको बिरोध गरेको। अनि माथी उल्लिखित मधेसी माग जायज भनेको पनी होइन। मात्र के भनेको भने त्यस्ता कुरालाइ टिपेर जातिय ठेकेदारले जातिय राजनिती बढाउँदैछन। त्यसैले जातिय राजनितीको बिरोध गर्दै गर्दा ती समस्याको पनी उचित सम्बोधन गरिनु पर्छ जस्तो मलाइ लाग्छ।
ReplyDelete