मृत्यु १
१८/०२/२०२१ बीपी कोइराला


नेहरु बिश्ववन्दय भएर चितामा चढे। उनको मरणले लाखौँ-लाख आँखामा आँसु ल्यायो। उनको शबको यात्राले इतिहासका महत्तम चक्रवर्तीको शबयात्रालाइ उपेक्षा गरेको थियो। नेहरु धन्य-धन्य भएर गए। ब्यक्तिगत जीबनमा त्यो भन्दा बढी के चाहना हुनसक्छ?


मृत्यु २
कमल दीक्षित जेलजर्नल पेज "स"

बीपीले जबाहरलाल नेहरुको मृत्यु र अन्त्येष्टिको प्रसंगमा लेख्नुभएको छ " नेहरु बिश्ववन्दय भएर चितामा चढे। उनको मरणले लाखौँ-लाख आँखामा आँसु ल्यायो। उनको शबको यात्राले इतिहासका महत्तम चक्रवर्तीको शबयात्रालाइ उपेक्षा गरेको थियो। नेहरु धन्य-धन्य भएर गए। ब्यक्तिगत जीबनमा त्यो भन्दा बढी के चाहना हुनसक्छ?" यस वाक्यमा बीपीको आफ्नो अन्त्येष्टि पनि यस्तै होस भन्ने चाहना परिलक्षित हुँदैन र? यो पंक्ति कोरेको सत्र बर्ष चार महीनापछि उहाँले पनि त्यस्तै गर्नुभयो, त्यसै गरी जानुभयो उहाँ लाखौँ लाखलाइ रुवाएर, नेपालको इतिहासमा सबभन्दा ठूलो शबयात्रा गराएर। यो बीपीको भबिष्यवाणी थियो कि नियतीको विडम्बना

मृत्यु ३
चैत्र ८ २०६६

उनै बीपीका कान्छा भाइ गिरिजा प्र कोइराला को शबयात्रा मा सहभागी हुँदै गर्दा मनमा जेल जर्नलमा लेखिएका यि दुइ पङ्ती याद आयो। तर म सहभागी भएको सबैभन्दा ठुलो शबयात्रा गिरिजा प्र कोइराला कै थियो। त्यसैले म पनि माथिका पङ्तीमा एक पङ्ती थप्दै छु। "जीबनको सफलता के लाइ मान्ने?जीबनकालमा थुप्रै राम्रा र नराम्रा काम गरेपनी लाखौँ सहभागी भएको शबयात्रा पछी उनको जीबन पनि त धन्य-धन्य भएको मान्नै पर्छ। साच्चै जीबनमा यसभन्दा धेरै के नै चाहिन्छ र?" यिनै सब्दले नेपाली लोकतान्त्रिक आन्दोलन का अनबरत योद्धा, प्रथम नागरिक राष्ट्रप्रमुख तथापुर्ब प्रधानमन्त्री सिकरपुरुष गिरिजा प्र कोइराला श्रदान्जली