समाज परिबर्तनसील छ। परिबर्तन को लागी परस्पर को लगातार संघर्ष जीम्मेबार रहन्छ। पुरानो र नयाँ बिचको संघर्ष ले नै समाजलाइ परिबर्तनको दिशामा अगाडी बढाउने गर्दछ। र समाज मा हुने संघर्षको प्रमुख आधार चेतनाको आधार नै हो। पुरानो र नयाँ सोचाइ या चेतनाले नै समाजलाइ निरन्तर परिबर्तन र बिकासको दिशामा अगाडी बढाइरहेका हुन्छन। समाजका परिबर्तनकारी शक्ति नयाँ र गतिशिल बिचारका साथ अगाडी देखा पर्छन भने प्रतिक्रियाबादी यथास्थितीबादी शक्ति पुरानो बिचारको पक्षपाती देखिन्छन। त्यसैले समाजको परिबर्तनको गति परिबर्तनकारी शक्ति को क्षमतामा निर्भर गर्छ।


हरेक निर्णायक परिबर्तनमा परिबर्तनगामी शक्तिको क्षमता निर्णायक रुपमा नै यथास्थितीबादी शक्ती को भन्दा बढि हुनु पर्छ। अब कुरा उठ्छ परिबर्तनकारी शक्तिको शक्ति चाहीँ के मा निर्भर गर्छ त? त्यो हो त्यो शक्ति भित्र रहेको सास्कृतिक या राजनितिक चेतनास्तर। आफुलाइ परिबर्तनगामी बताउने संगठन भित्र पनि परिबर्तन को शक्ति त्यती मात्रै हुनेछ जति त्यसभित्र आबद्ध चेतनशिल परिबर्तनगामी कार्यकर्ता छन। यदी ठुलो संख्याका कार्यकर्ताको जमात यथास्थितीबादी चेतनाले ग्रस्त छ भने त्यो पार्टी क्रान्ती अगाडी बढाउन अक्षम देखिनेछ या निर्णायक मोडमा चिप्लिने छ। त्यसैले पार्टी ठुलो या सानो भन्दा पनि त्यो पार्टीको परिबर्तनशिल बिचार र त्यसप्रती निश्ठाबान कार्यकर्ता नै परिबर्तनको लागी कारक मानिन्छन। बिश्वका अनेकौ जायज र उपयुक्त क्रान्ती पनि यस्तै कारणले संस्थागत हुन नसकेका थुप्रै कारण छन।
अब लागौँ नेपाल तर्फनै। नेपालमा परिबर्तन का लागि थुप्रै संघर्ष भए। तर न नेपाल का पार्टी कार्यकर्ता को स्तरमा खासै परिबर्तन आएन। अझ मार्क्सबादी भाषामा सामन्तीसोँच को रुपान्तर मात्र भयो तर निर्मुल भएन। अझ अहिले एनेकपा (माओबादी) सत्ताकब्जाको धम्की दिदै छ। तर बाहिरबाट हेर्दा ठुलो र शक्तिशाली पार्टी देखिएपनी उ भित्र ठुलो संख्यामा बुर्जुवा सोँच राख्ने नेता र कार्यकर्ताको असाध्यै बढेको छ। जसको परिणाम बुर्जुवा अधिनायकत्व नै हुनेछ न कि सर्बहारा अधिनायकत्व। जसको परिणाम कसैले बताइरहनुपर्दैन। त्यसैले आफुलाइ परिबर्तनकारी ठान्ने शक्तिले के बुझ्नु आबश्यक छ भने परिबर्तनको लागि ठुलो पार्टी बनाउन भन्दा पनि कार्यकर्ताको चेतनशैली परिबर्तन अझ भन्नुपर्दा साँस्कृतिक परिबर्तन मा ध्यान दिउन किनकी संघर्षको अन्त्य सम्म चेतनसील र निष्ठावान कार्यकर्ताले मात्र साथ दिन्छन।