१. तपाईँलाइ सार्बजनिक स्थानमा फोहर फाल्न कुनै गाह्रो लाग्दैन।
२. तपाईँलाइ रातो बत्तीमा बाटो काट्दा वा गाडी हुँइकाउँदा आफुलाइ बहादुर
भएको महसुस हुन्छ।
३. तपाईँलाइ आकाशेपुल प्रयोग गर्दा पाप गरेजस्तो लाग्छ।
४. फोन गर्दा नेटवर्क बिजी भएन भने आश्चर्य मान्नुहुन्छ।
५. घरमा मैनबत्ती जगेडा राख्नुहुन्छ।
६. लोडसेडिङ को तालिका तपाईँलाइ कण्ठ हुन्छ।
७. नेतासँगको पहुँच तपाँइको महान योग्यता हुन्छ।
८. अरुलाइ चर्को स्वरमा थर्काउन सक्नु तपाईँको बहादुरी हो।
९. तपाईँ आफुलाइ हर बिषयको ज्ञाता सम्झनुहुन्छ।
१०. हरेक बिषयमा बहस गर्नु तपाईँको सोख हो।
१२. बार्गेनिङ बिना किनबेच हुन सक्छ भन्ने कुरा मा तपाइँ कदापी बिश्वास गर्नुहुन्न।
१३. मन लागेको ठाँउमा सार्बजनिक गाडि चढ्ने र झर्ने तपाईँको दैनिक तालिका हो।
१५. बाटोमा थुक्ने, फुटपाथ नै छेक्ने गरि पसल थाप्ने तथा आधा सडक ढाक्ने
गरि निर्माण सामग्री थुपार्नु जस्ता कार्य तपाईँले सामान्य ठान्नुहुन्छ।
१६. तपाईँ बिदेशमा बस्नुहुन्छ भने बिदेशका नियमकानुन तथा ब्यबस्था
तपाइँलाइ उत्कृष्ट लाग्छन र त्यसको बारेमा घन्टौ प्रबचन दिन सक्नुहुन्छ
तर त्यसको एक अंश पनि यहाँ प्रयोग गर्न तपाँइलाइ अपमान लाग्छ।
१७. आफ्नो गल्ती भए पनि स्विकार गरे आफु घटिन्छ त्यसैले अरुसँग बहस गरेर
वा थर्काएर भएपनि अर्कैको गल्ती देखाउनु तपाइँको क्षमता हो
....................................................................................................................................................................................................................................................................................................................................
यस्ता बहादुरी बहादुर नेपालीका कति छन कती। यदि तपाइँसँग पनि नेपालीका
बिशेषता छन भने तल कमेन्ट बक्समा राखिदिनुहोला।