ओशोले एकपटक भनेका छन कि धर्मगुरुको र डाक्टरको भुमिका समाजमा बडो
सङ्कास्पद हुन्छ। डाक्टरको काम हो रोग निको पार्नु तर उ कहिल्यै यो
चाहदैन कि समाजबाट रोग हटोस। किनकी मानिस रोगी नहुनुको एकमात्र मतलब हो
उसको ब्याबसाय संकटमा पर्नु। त्यसैले डाक्टरको भुमिका संकास्पद हुन्छ।
त्यस्तै धर्मगुरुको पनि कर्तब्य हो समाजबाट दुख हटाउनु पाप हटाउनु अनि
समाज सुखि र खुसी बनाउनु। तर एउटा धर्मगुरु कहिल्यै चाहदैन कि समाजबाट
दुख हटोस। किनकी प्राय सुखी मानिसले भगबानलाइ सम्झिदैन। दुखी र कष्टमा
परेको मानिसनै भगबानको सरणमा जान्छ। त्यसरी जाने मानिसको भेलमा बल्छी
थापेर बसेको हुन्छ धर्मगुरु। उसको काम हो जादु गरेर आफुलाइ बरदान मिलेको
दाबी गर्ने र मानिसलाइ आफ्नो जालमा पार्ने। जबसम्म जादुगर सडकमा पाँच
रुपैयाँको लागि चटक देखाउँछ त्यो मात्र चटके हुन्छ तर पहेँलो बस्त्र
भित्र जब उ छिर्छ र चटक देखाँउछ अनि उ बन्छ धर्मगुरु। अनि मानिसलाइ
भगबानबाट केहि दिलाइदिने फोस्रो तर्क दिन्छ। यस्तै एक पात्र कालिबाबा
हिन्दुराष्ट्र घोषणा नभए आत्मदाह गर्ने घोषणा का साथ महायज्ञ गरे
काठमाडौँमा। उनको माग कति जायज हो र उनको घोषणा कति सत्य हो भन्ने कुरा
इतिहाँसले बताउला। तर अनौठो कुरा के भने नेपालका नेता भनाउँदाहरुको
कालीबाबा लाइ भेट्न तछाडमछाड भयो। यि कालीबाबा सामान्य बाबा रहेनछन। अरु
बाबा भन्दे शक्तिसाली र सरकार नै फेरिदिन सक्ने रहेछन। त्यसैले उनको
महायज्ञमा धार्मिक भन्दा राजनितिक चहलपहल देखीयो। पुर्बराजा देखी
राष्ट्रपति मन्त्रीहरु लगायतको लाम नै लाग्यो। अन्य नेता खुलेआम नै गएभने
माओबादी नेता पनि लुकिछिपि गए भन्ने सुन्नमा आयो। तर के यि नेता
धर्मकर्ममा इच्छा जागेर त्यहाँ गए त। होइन यि त कालीबाबा को प्रभाबले
सत्ता टिकाउन र पल्टाउन गएका हुन कुरा प्रष्ट छ। ए भगबान नेताको भगबान को
हुन यार? कालीबाबा कि जनता? हुनुपर्ने त सत्ता टिकाउन र सत्तामा जान
जनताको पुजा गर्नुपर्ने होइन र? अनि किन त कालीबाबा प्रति यस्तो भक्ति र
भरोसा? तर उत्तर पनि प्रष्ट छ। जनताप्रती त यिनको भरोषा छैन। अनि चमत्कार
र जादु कसले गर्छ? धर्मगुरुले। अनि सत्ता पल्टाउन सक्ने दिब्य शक्ती भएका
कालीबाबा अझ आफ्नै आँगन मा आएको बेला भेटेर के गल्ती भयो र ? केही
चमत्कार भइहाल्यो भनेत भइहाल्यो नि सत्ता त पक्का। हे भगबान सम्झाउ
यिनलाइ यसरी केहि दिन चमत्कार भए पनि पछी जनताले पक्कै बलात्कार गर्नेछन
भनेर। जय कालीबाबा