कालिगण्डकी नदी प्रयोगको बिषयमा भएको बिबाद पछि भएको झडपमा कम्तीमा १५०
को मृत्यु, बिबाद मिलाउन भारतिय सहयोग मागिने। मधेसले भिसा नदिएपछी किरात
र लिम्बुबान प्रदेश को आपत्ती, नेवा प्रदेश मा ताम्सालिङको नाकाबन्दी २६औ
दिन पनि खुलेन जनजीबन कष्टकर।

अब पुरा समाचार



कालिगण्डकीको पानि प्रयोगबारे बिबाद बढ्दै जाँदा तमुवान र मगरात प्रदेश
का बासिन्दा बिच झडप हुँदा कम्तीमा १५० को मृत्यु भएको छ भने सयौँ
ब्यक्ती घाइते भएका छन। मगरात ले एक तर्फी रुपमा बाँध बाधेर पानि आफुले
मात्रै लान खोजेको भन्दै तमुवान ले आपत्ती जनाएपछी बिबाद चर्किएको थियो।
केन्द्रीय सरकारले गरेको हस्तक्षेप को प्रयास पुर्ण रुपमा असफल भएपछी
त्यहाँ ठुलो धनजन को क्षतीको आसंका गरिएको थियो। यसैबिच केन्द्रिय
सरकारले बिबाद मिलाउन भारतसँग कुटनितिक तथा सैन्य सहयोग को अनुरोध गरेको
बुझिएको छ।

उता मधेस प्रदेशले बिबादास्पद रुपमा आन्तरिक भिसाको प्राबधान ल्याएको एक
महिना पछी लिम्बुबान र किरात प्रदेश लाइ भिसा दिन बन्द गरेको छ।
लिम्बुबान तथा किँरात ले चर्को रुपमा भन्सार दर मा बृद्धी गरेपछी चुलिएको
बिबाद पछी मधेस यो निर्णयमा पुगेको हो। बिबाद मिलाउन पुगेको केन्द्रिय
सरकारको बार्ता प्रस्ताब मधेसले ठाडै अस्विकार गरेको छ। र दबाब बढाएको
खण्डमा छुट्टै राज्य गठन गर्ने धम्की पनि दिएको छ।

यता ताम्सालीङ प्रदेशले आफ्ना ८२ बुँदे सर्त सहित गरेको काठमाडौँ
नाकाबन्दी २६औँ दिन पनि जारी छ। काठमाडौँ को जनजिबन कष्टकर बनेको छ तर
दुबै पक्ष समस्या समाधान को लागि उदार देखिएका छैनन। नेवा प्रदेशबाट
तामाङ लाइ निकाला गरेपछी उक्त बिबाद चर्किएको थियो।

उता "संघीयता को खारेजी र अखण्डताको रक्षाको लागि राष्ट्रिय अभियान" ले
गरेको आन्दोलन को ब्यापक दमन भएको छ। कर्णाली, जडान, थारुवान लगायत का
प्रदेशले उक्त संगठन माथि प्रतिबन्ध लगाएका छन भने ठुलो संख्यामा नेता
तथा कार्यकर्ता लाइ देश निकाला गरेका छन।

मगरात प्रदेशबाट भागेर आएका ठुलो संख्यामा आएका गैर मगर अबध प्रदेशमा
अलपत्र परेका छन। मगरात को दमन पछी सरणार्थीको रुपमा भारत जान लागेको
तिनिहरुले बताए।

समाचार सुन्दै गर्नुहोला