सुनिता रेग्मी ले नागरिक दैनिकमा भाबुक तरिकाले आफु माओबादि भित्र नरहेको
पाठक पत्र पठाउँदै गर्दा नारायणकाजी श्रेष्ठ र नबराज सुबेदीहरु "महान"
जनयुद्धको गुणगान गाउँदै थिए। हिँजो जनयद्ध जारी हुँदा माओबादी लाइ
उग्रबामपन्दी तथा सामाजिक फासिबादी भएको मा नारायणकाजी र नबराज हरुलाइ
कुनै संका थिएन। अर्को तर्फ सुनिता जस्ता हजारौँ कार्यकर्ता माओबादीको
आन्दोलनमा "मुक्ती या मृत्यु" को संघर्षमा थिए। हिँजो माओबादीले नबराज र
नारायणकाजी को पार्टी (पहिले मसाल र एकताकेन्द्र छुट्टाछुट्टै र
एकिकरणपछी एकताकेन्द्र-मसाल) लाइ जडसुत्रबादी दक्षिणपन्थी तथा
संसोधनबादीको आरोप लगाएको थियो भने एकताकेन्द्र र मसाल दुबैले माओबादी
आन्दोलन उग्र बामपन्थी, सामाजिक फासिबादी तथा सैन्यबादी भएको बताएका थिए।

पछि पार्टि बिभाजन पस्चात पनि मोहनबिक्रम सिँहले नेतृत्व गरेको नेकपा
मसाल आफ्नो पुरानो दृष्टीकोणमा अडिग छ भने नेकपा एकताकेन्द्र र नबराज
सुबेदी ले नेतृत्व गरेको नेकपा एकीकृत ले माओबादीमा एकिकरण गरेको दाबी
गरेपनि आफ्नो पहिलेको दृष्टीकोण सही वा गलत भन्ने तर्फ बहस गरेको पाइएको
छैन। तर आज एकाएक तिनीहरु नै माओबादीको जनयुद्ध लाइ क्रान्तीकारी भन्न
थालेका छन। कमरेडहरु हिजोको उग्रबामपन्थी पार्टी आज कसरी महान भयो।
सामाजिक फासिबादी जनयुद्ध कसरी क्रान्तीकारी भयो? उत्तर छ तपाइँहरुसँग?
हिँजो पार्टीको लागी ज्यान दिन तयार कार्यकर्ता आज पार्टी छाड्दै गर्दा
तपाइँहरु कुनै नयाँ एजेण्डाबिना पार्टी एकिकरण गर्नुहुन्छ। यो एकिकरण
होइन बिलय हो। अझ तितो भाषामा भन्दा अबसरबाद को चरम नमुना हो। होइन भनेर
तर्क दिन सक्नुहुन्छ? अनि कमरेड प्रचण्ड हिँजो तपाइँहरुको एजेण्डाको लागी
मर्न तयार कार्यकर्ता संरक्षण गर्न छाडी तपाइँको प्रतिकार अभियान
चलाउनेलाइ पार्टीभित्र ल्याउँदै हुनुहुन्छ? अब भन्नोस नारायणकाजी
क्रान्तीकारी कि सुनिता रेग्मी क्रान्तीकारी? यदि सुनिता क्रान्तीकारी भए
नारायणकाजीलाइ काखा र सुनिताहरु पाखा किन हुन्छन? अनि नारायण काजी
क्रान्तीकारी भए पक्कै जनयद्ध गलत थियो होइन त कमरेड? यि प्रस्न को जबाफ
नआउन्जेल तपाइँको एकिकरण क्रान्तीकारी होइन अबसरबादी ध्रुबिकरण साबित
हुनेछ।