आखिर जे हुनु थियो भयो। अर्थात एक अर्को नेटवर्क (ठगी) कम्पनी को अस्तित्व समाप्ती उन्मुख भयो। सोझा जनतालाइ झुक्याएर फकाएर र लोभ देखाएर ठगी गर्ने नेटवर्क हरु को पर्दाफास भयो। त्यो आम जनताको लागी खुसीको कुरा हो। तर त्यती मात्र पर्याप्त भने होइन। यस्ता कम्पनी डुब्दै गए पनि झन ठुलो मात्रामा लगातार खुल्दै र फैलाउँदै गइरहेका छन। त्यसको बिरुद्ध आबाज उठाउनु पनि आजको आबस्यकता हो। नत्र भने केहि दिनमै अर्को कम्पनी ले ठगी प्रक्रिया सुरु गरिसक्छ। हिँजो गोल्डक्वेष्ट, ड्युसफ्ट, लाइफ भिजन जस्ता कम्पनी डुबेपछी पनि युनिटी जम्न सक्नु त्यसैको उदाहरण हो। त्यसैले एक कम्पनी माथिको कारबाही मात्र पर्याप्त उपाय होइन। त्यसैले नेटवर्क बिजनेसको बारेमा बहस बढाउन जरुरी भएको छ।
यस्तै केही बहसका बुँदा म प्रस्तुत गर्दै छु।

#नेटवर्क वाला ले ब्यापार लाइ दुइ कित्तामा देखाउँछन। ट्रेडिसनल र नेटवर्क भनेर। ट्रेडिसनल वालाले प्रचार र नाफामा धेरै खर्च गर्ने भएको ले ग्राहकले धेरै मुल्य तिर्नुपर्ने तर नेटवर्कीङमा ग्राहकले सिधै कम्पनीमार्फत किन्ने भएकोले ग्राहक नठगिने उनिहरुको दावी छ। तर त्यसको उल्टो नेटवर्क वालाको सामानको मुल्य बजार मुल्य भन्दा अत्यन्तै बढी हुन्छ। हुनत जडिबुटी या अन्य सामान प्रयोग गरेको भनेर प्रचार गरे पनि त्यही गुणस्तरको सामान भन्दा उनिहरुको सामान अत्यन्तै महँगो देखिन्छ। के यो सिधै ठगी होइन?

#अर्को कुरा यदि नेटवर्क बिजनेस बाट सामान सस्तो पाइने भए (उनिहरुको दावीमा चाउचाउको लागत मुल्य ३ रुपैँया पर्छ) चाउचाउ नै नेटवर्क बाट बेचेर ५ रुपैँयामा बेचे भइहाल्थ्यो नी। किन त्यती दुख गर्थे होलार? यो पनि बहसको बिषय हो।

#किन बिश्व ब्यापी पहुँच भएका कम्पनी ले नेटवर्क पद्वती नअपनाएका त। एकातर्फ नेटवर्क हरु सिमित ब्यक्तीको समुहमा मात्र रहने र 'परम्परागत' कम्पनी हरु बिश्वब्यापी ब्यापारको एकमात्र बिकल्प हुनुले के सङ्केत गर्छ?


#नेटवर्क वालाको एक सामुहिक बिशेषता छ। उनिहरु आफ्ना प्रोडक्ट को भन्दा सदस्य बनाएर आउने फाइदाको कुरा गर्छन। के उनिहरुलाइ आफ्नै प्रोडक्ट प्रती बिस्वास छैन? कि प्रोडक्ट भन्दा पैसा महत्वपुर्ण देखिएको हो? यसले पनी उनिहरुको ठगी उदाङ्गो पारेको छ।

#नेटवर्क वाला ले नेटवर्क बिजनेसले सम्बन्ध बिस्तार गर्ने कुरा गर्छन। तर आफ्ना ग्राहक भनेको आफ्ना अत्यन्त निकट ब्यक्ती बनाउनु पर्ने तथा उनिहरुले बाध्यताले सदस्य बनेको महसुस गरे भने त्यसपछी बिग्रिने सम्बन्धको बारेमा उनिहरु बोल्दैनन।


यस्ता अनगिन्ती प्रस्न छन जसले नेटवर्क बिजनेसको औचित्य माथि प्रस्न चिन्ह लगाएका छन। तर पनि समाजमा रहका सुकिलामुकिला ठगहरु आम जनतालाइ झुक्याइरहेका छन। त्यसैले नेटवर्क बिजनेस लाइ ब्यबस्थित गर्न, ठगी बाट बचाउँन पनि यस बिषयमा बहस उठाउन आफस्यक छ। आउनुहोस यस बारे आजैदेखी बहस थालौँ।