चिनिया कम्युनिष्ट पार्टीका एक प्रख्यात प्रशिक्षक चेन युन ले कम्युनिष्ट कार्यकर्ताले अरुलाइ आलोचना गर्दा प्रयोग गरिने सब्द चयन को बारेमा धेरै कुरा भनेका छन। सारमा भन्दा उनले कम्युनिष्ट कार्यकर्ता समाजको सभैभन्दा सचेत बर्ग भएकोले आलोचना मा प्रयोग गरिने सब्द सिष्ट र आलोचना गरिएको ब्यक्ती समेत प्रभाबित हुन सक्ने हुनुपर्ने बताएका छन। तर तिनै चेन युन का अध्यक्ष कमरेड माओ लाइ आदर्श मान्ने पार्टिको प्रदर्शनमा भने त्यो कुराको खिल्ली उडाइएको देखियो। नारा जुलुसमा प्रयोग भएका सब्द सुन्दा ति समाजका सभैभन्दा सचेत होइन सभैभन्दा अबुझ कार्यकर्ताले प्रयोग गर्ने जस्ता सब्द सुनिए। कुनै ब्यक्ति बिशेस प्रति अत्यन्तै निम्न तवरले प्रयोग गरिएका ति सब्द सभ्य भनाउदाका लागी पक्कै पनि सुहाउने सब्द थिएनन
यो लेख पढ्दै जाँदा पक्कै पनि मलाइ पुरातनपन्थी या अन्य कुनै बादीको आरोप लाग्न सक्ने छ। त्यो थाहा हुँदा हुँदै पनि यो लेख लेख्न आबस्यक लाग्यो। कमरेडहरु साच्चै कम्युनिष्ट समाजको सचेत बर्ग हो त? त्यसो भए ब्यक्तिगत लाञ्छना र अझ बिना कारण ब्यक्तिगत चरित्रहत्या को प्रयोग कम्युनिष्ट को लागि सुहाउने कुरा हो त? पक्कै होइन होला। अझ नेपाल जस्तो देशमा नारीमाथीको गलत सब्द प्रयोग के उचित र क्रान्तिकारि हो त? आर्यघाट का कुरा या फलानो चोर भन्ने कुरा त्यति गहिरो सब्द होइनन तर बिद्या तेरो सिन्दुर खोइ फल्नो मान्छे तेरो पोइ भनेर किट्नु के क्रान्तिकारि हो? बिना प्रमाण हाबादारी बोल्नु के प्रगतिशिल हुनु हो? अनि सुजाता कोइराला भारत तिर पोइल जा भन्ने अधिकार कसले दियो? होला सुजाता र बिद्या खराब होलान तर उनिहरुलाइ गालि गर्न सभ्य सब्द थिएनन र? अनि किन मानबताको निकृष्ट तहमा पुगेर नारा भट्याइयो कमरेड? कुरा आउला भिडमा जे पनि हुन्छ भनेर। तर समाजका सभैभन्दा सचेत ब्यक्तिको भिड पनि त्यति तल गिर्न मिल्छ र?
कम्युनिष्ट पार्टी को कार्यकर्ता हुदैमा कम्युनिष्ट भइदैन कमरेड हरु। कम्युनिष्ट बन्न उच्च क्रान्तीकारी नैतिकता र संस्कार को आबस्यकता पर्छ। मनमा जे आयो त्यहि बोलेर क्रान्तिकारि भइदैन। चेन युन कै भनाइ सापटी लिदा क्रान्तीकारि अभिभारा पुरा गर्नका लागि क्रान्तिकारीहरुमा फलामे अनुशासन हुनु पर्छ। कमरेडहरुमा त्यो फलामे अनुशासन कहिले आउला खै