अर्घाखाँचीलाइ चिनाउने केहि ऐतिहासिक आधार हरुमध्ये बल्कोट को पौवा पनि एक हो। परशुरामेस्वर गुठि अन्तरगत परशुरामेस्वर मन्दिर र पौवा ले त्यस भाग को इतिहास बोकेका छन। यसको इतिहास जंगबहादुर राणा सँग जोडिएको स्थानियबासीको बिश्वास रहेको पाइन्छ। एकपटक जंगबहादुर का बाबु आमा (बद्रिनरसिँह कुँवर र रक्षा कुँवर) जुम्ला मा सरकारी कामको सिलसिलामा पठाइएको थियो। पछि फर्कदा तिनिहरु यहि बाटो भएर फर्केका थिए रे। अनि मथुराबेसी (पौवा भन्दा लगभग दुइ किलोमिटर दुरीमा केरुङ्गा र वाङ्ला गाबिस को सिमाना) मा आउँदा जंगबहादुर जन्मिएको स्थानिय बासि बताउछन। त्यो ठाउँ खोलाको छेउमा पर्ने भएकोले असाध्यै गर्मी रहेको र त्यहाँ बालक जंगबहादुरलाइ सर्पले छहारी दिएको किम्बदन्ती छ। पछि जंगबहादुर लाइ माथि हाल पौवा रहेको स्थानमा लगिएको र त्यहिँ उनको न्वारान गरिएको र उनको नाम बालनरसिँह कुँवर राखिएको बताइन्छ।
जिर्ण अबस्थामा पौवा
पछि प्रधानमन्त्री भएपछी उनले अर्घाखाँचीकै परशुराम खत्री कि छोरी सँग बिहे गरेका थिए र आफ्ना जेठान सनकसिँह खत्री लाइ त्यो भेगको कमाण्डर बनाएर पठाएका थिए। तिनै सनकसिँहलाइ आफु जन्मिएको ठाउमा केही बनाउन लगाएका थिए। त्यसै कारण सनकसिँह ले मथुराबेसीमा पाटी बनाएका थिए जसको नामबाट मथुराबेसी को स्थानिय नाम लामपाटी रहेको छ। अनि उनैले बल्कोटमा पौवा र आफ्ना बाबुको नामबाट मन्दिर (परशुरामेस्वर) स्थापना गरेको जनबिस्वास छ।
तर हाल संरक्षण को अभाबमा पाटी भत्किसकेको छ भने पौवा पनि जिर्ण अबस्थामा छ। असाध्यै कलात्मक बुट्टा भरिएको भएपनि माओबादी जनयुद्धको क्रममा त्यसलाइ अस्लिल बताउँदै नस्ट गर्ने काम भयो। त्यसैले अहिले पौवा सोभाहिन बन्न पुगेको छ।
तर आशा लाग्दो कुरा केहि समय अघि मात्र पौवा पुनर्निर्माणको लागि महायज्ञ गरिएको छ। आशा गरौँ भबिष्यमा यो ऐतिहासिक धरोहर आफ्नो पुरानै रुप र साख सँगै जीबीत रहनेछ।
परशुरामेस्वर मन्दीर