अचम्म लाग्यो? अचम्म मान्नु पर्दैन। भर्खरै प्रकासित एक तथ्याङ्कले देखाएको छ कि नेपालमा प्रयोग हुने नब्बे प्रतिशत भन्दा बढि कागजी नोट र सिक्कामा खतरनाक ब्याक्टेरिया को संक्रमण पाइएको छ। एक साप्ताहिक पत्रिकामा प्रकासित रिपोर्ट अनुसार लगभग साठि नोटमध्ये एक नोट मात्र ब्याक्टेरिया रहित रहेको पाइयो। त्यसैले चलनचल्तीका मुद्रा पनि रोग सर्ने कारण बन्न सक्छन। र कुनैदिन सञ्चारमाध्यमले भन्नेछन दिसा धोएपछी र नोट छोएपछी साबुनपानिले हात धुने गरौँ
कसरी फैलन्छन त ब्याक्टेरीया नोटमा

कागजी नोट सम्भबत धेरैजनाको हातले छोइने चिज मध्येको एक हो। लगातार हात धुने संस्कृतिको अभाबमा हातमै त ब्याक्टेरीया रहन्छन। स्मरण गरौँ केहि समय अगाडी स्वाइन फ्लुको संक्रमण फैलिएको बेलामा हात मिलाउन पनि सचेत गराइएको थियो। दिनभर खोक्दा यताउता छोइदा हातमा पर्याप्त मात्रामा ब्याक्टेरिया जम्मा भइसकेका हुन्छन। साथै पैसा पर्स या ब्यागमा नराखी गोजीमा सिधै र अझ महिलाले चोली या ब्लाउज भित्र राख्ने प्रबृतीको कारण नोटमा ब्याक्टेरीया फैलन जान्छन। अझ मासुपसल जस्ता संबेदनसिल स्थलमा हातले मासु काट्ने र रगत सहितकै हातले पैसा लेनदेन गर्ने परिपाटी छ। त्यस्तै थुक लगाएर पैसा गन्ने जस्ता कार्यले पनि संक्रमण बढाएका छन। यस्ता कार्यको सुची तयार गर्ने हो भने लामो नै सुची तयार हुन सक्छ।

बिदेशमा बिचबिचमा नोट सफा गरिने गरिन्छ। तर नेपालमा यो प्रक्रियाको अभाब रहेको छ। त्यसैले कुनै पनि बेला पैसाकै कारण पनि रोग लाग्न सक्ने सम्भाबना रहन्छ। त्यसैले यस बारेमा जनचेतना जोगाउनु र सचेत बन्नु आबस्यक छ। त्यसैले त आजैबाट सुरक्षित बन्नुहोस। पैसा छोएपछी साबुनपानिले हात धुनुहोस
तथ्याङ्कहरु कान्तिपुर साप्ताहिकबाट