पासाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त

भाषाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


चोक पसल जताततै संबिधानकै चर्चा चल्छ

चासाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


झुप्राबाट गरिबले नि संबिधान भन्दै छन रे

आशाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


संबिधान लेख्छौँ भनी जनतासँग गरिएका

बाचाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त