केहि दिन अघि अमृत क्याम्पस मा भारत बाट आएका बैज्ञानिक प्रा डा कृष्ण लाल को कार्यक्रम मा जाने क्रम मा गेट मा मलाई एउटा पर्चा दिइएको थियो । त्यसरी बाटो मा दिइएका पर्चा खासै हेर्ने गर्दिन तर लाल ढिलो आएका ले त्यो पर्चा हेर्न मन लाग्यो। कुनै आफुलाई बैज्ञानिक दाबी गर्ने भपिन्द्र कुँवर ले प्रकासन गरेको किताब को प्रचार थियो त्यो र दाबी गरिएको थियो कि अहिले सम्म का लगभग सबै भौतिक बिज्ञान का तथ्य हरु गलत थिए भनेर । त्यति ठुलो कार्यक्रम मा बिज्ञान का धेरै नै विद्यार्थी आउने आंकलन गरेर त्यो प्रचार गरिएको थियो तर त्यो तथ्य स्वयं कृष्ण लाल सम्म पुर्याउने आँट भने ति व्यक्ति ले गरेका थिएनन ।
तर त्यो पुस्तक को प्रचार भने अहिले काठमाडौँ को गल्लि गल्लि मा भेट्न सकिन्छ । उनको पुस्तक भृकुटी मण्डप मा जारी पुस्तक मेला मा पनि बेच्न राखिएको छ र बिज्ञान नै गलत भयो भनेर समेत प्रचार गरिएको छ। सायद बिज्ञान का विद्यार्थी पनि उनका तर्क बाट प्रभावित भएका छन् होला तर मलाई भने त्यो पुस्तक ले खासै छुन सकेन।
सन्सार मा बिज्ञान गलत भएको दाबी गरेर थुप्रै तर्क अगाडी सारिन्छन ।प्राय धर्म भीरु हरु यो मोर्चा मा निकै नै अगाडी छन् । त्यस्तै अन्य कतिपय व्यक्ति हरु समेत त्यस्तै हावादारी तर्क हरु गरेर बिज्ञान लाइ कमजोर बनाउने प्रयास मा लाग्ने गरेका छन् । त्यस्ता तर्क जम्मा गरेर एउटा होइन हजार महाभारत लेखन सकिन्छ । तर नेपाल जस्तो बिज्ञान को जनशक्ति कम्जोर भएको र सरकारी अनुसन्धान कम्जोर भएका देश हरु मा भापिन्द्र हरु ले त्यस को फाइदा उठाउने गर्दछन । अनि आफुलाई बैज्ञानिक दाबी गर्ने र सरकार ले सहयोग नगरेको मा गुनासो समेत गर्ने गर्दछन । स्मरणीय छ भापिन्द्र ले केहि समय अगाडी अर्किमिदिस को तथ्य गलत साबित गरेको दाबी गरे तर त्यो दाबी लाई नेपाल कै भौतिक सास्त्री ले मान्यता दिएनन् तर उनि अहिले पनि त्यहि तर्क को आड मा आफुलाई महान बैज्ञानिक भन्दैछन ।
मैले उनको पुस्तक अध्यन गरेको छैन (र गर्ने रुची पनि छैन ) तर भृकुटी मण्डप को स्टल मा त्यो पुस्तक अलि अलि हेरेको थिएँ । हेर्दा खासै ठुलो तर्क उनले उठाएका छैनन् तर पुस्तक को प्रचार भने धमाकेदार छ । यदि उनले त्यो कुरा प्रमाणित गरेकै हुन् भने उनलाई एक होइन सय नोबेल पुरस्कार पनि कम हुन्छ । किनकि आज सम्म दिएका सबै नोबेल पुरस्कार का तथ्य हरु लाई उनले खण्डन गरेका छन् । त्यसो भए ठिकै छ भारत का बैज्ञानिक आएको मौका त छुट्यो तर पनि नेपाल मै समेत भौतिक बिज्ञान का धुरन्धर हरु छन् । बिज्ञान का अति गहन अध्ययन भएका ति बैज्ञानिक (जसमध्ये एक जनालाई अर्का आफुलाई आइनिस्ताइन को तथ्य गलत साबित गर्ने भनाउन रुचाउथे अर्थात् रिजन कार्की ले पागल समेत भनेका थिए ) लाई एक पटक देखाएर त्यो पुस्तक मा ति बैज्ञानिक को समेत भनाइ राख्ने आँट गरेमा कम्तिमा पनि पुस्तक को विश्वसनीयता बढ्ने थियो । नेपाल का बैज्ञानिक कम्जोर छन् भन्ने लाग्छ भने पनि अन्तर राष्ट्रिय स्तर का बैज्ञानिक संग त्यो तथ्य देखाउने कि ? यदि उनको तथ्य लाई प्रमाणित गरियो भने नेपाल बाट उदाएका बैज्ञानिक को रुप मा हामीले पनि प्रेरणा लिन मिल्थ्यो कि ?
तर उनीसंग त्यो आँट हुने छैन। किनकि उनलाई आफैलाई थाहा छ कि आफैलाई बनाएको तथ्य गलत छ भनेर ।
होइन भने एक पटक उनले आँट गरुन एउटा कार्यक्रम गरेर नेपाल कै बैज्ञानिक संग भए पनिअन्तरक्रिया गर्ने!
यो लेख बाट भापिन्द्र लाई चुनौती
17 Comments
खै ब्लग पढ्ने फुर्सद होला र वहाँलाई ?
ReplyDeletei'll try to him to read this article. i'll leave this article at book fair.
ReplyDeletepustak ko naam chai k ho?
ReplyDelete"सभै भन्दा ठुलो घटना" पुस्तक को नाम
ReplyDeleteMr. Mahesh physics is the world of possibilities.......... so what seems to true might be a illusion... and viceversa...
ReplyDeletehora rocky? but science ko base narakhi hawa ma logic dinu milchha?
ReplyDeleteMahesh जी, तपाईको चासो विषयसम्मत र तथ्यपरक नभए पनि हामी कदर गर्छौँ किनकि निकै समय लगाएर ब्लगमा पोष्ट गर्नु भएको छ र चुनौतीकै लागि नै त्यस्ता पुस्तकहरू प्रकाशित गरिएका हुन्छन् भन्ने कुरालाई कुनै नौलो रूपमा नलिनुहोला । यो संसारमा कोही न कोहीले ती दावीहरूलाई खन्डन गरिदिनुहोला र पुरानै सिद्धान्तहरूलाई सही प्रमाणित गरिदिनुहोला भन्ने आशा धेरै पहिलेदेखि गर्दै आएका छौँ र गर्नेछौँ । दर्जनौँ प्रवचनहरूमा सुरुमा यस्तैयस्तै असहमति र अविश्वासका कुराहरू आउँछन् र यसो हुनु स्वभाविक पनि हो किनकि पहिले अरुलाई पनि तपाईँलाई जसरी नै ती सिद्धान्तहरू सही र अकाट्य नै लाग्थे । तर प्रवचनहरूमा केही घन्टा बित्न नपाउँदै ती असहमति र अविश्वासका कुराहरू सकारात्मक्तातिर उन्मुख् हुन्छन् । प्रत्यक्ष सुनेर र देखेर बोल्ने कुरामा र कल्पनाको भरमा बोल्ने कुरामा अवश्य पनि फरक हुन्छन्, त्यो त तपाईँलाई पनि थाहा भएको हुनुपर्छ, तर आआफ्नो विचार । र, …
ReplyDelete(१) अब तपाईहरूजस्तै चासो व्यक्त गर्ने शुभचिन्तकहरूको सुझावलाई मनन गरेर 'भविन्द्र कुँवर'ले अकिमिडिजको सिद्धान्त सही नै रहेछ भन्दै हिँडे पनि त्यो सही बनाउन कसैको केही नचल्ने भइसक्यो, किनकि ती कुराहरू अब हजारौँले परीक्षणमार्फत हेरिसके र कसैले पढि पनि सके । दर्जनौँ प्रवचनहरूमा सुरुमा यस्तैयस्तै कुराहरू आउँछन् तर केही घन्टा बित्न नपाउँदै ती कुराहरू सकारात्मक्तातिर उन्मुख् हुन्छन् । प्रत्यक्ष सुनेरदेखेर बोल्ने कुरामा र कल्पनाको भरमा बोल्ने कुरामा अवश्य पनि फरक हुन्छन्, त्यो त तपाईँलाई पनि थाहा भएको हुनुपर्छ, तर आआफ्नो विचार ।
(२) तपाईँले उठाएका कुराहरूका आधारमा 'भविन्द्र कुँवर'लाई नै सङ्केत गरेको अनुमान लगाउन सके पनि तपाईँले आफ्नो कमेन्टमा 'तपाईँले हेरेको भविन्द्र कुँवरको भनिएको पुस्तकको नाम 'सबै भन्दा ठुलो घटना' भनेर लेख्नु भएको छ तर त्यो ('सबै भन्दा ठुलो घटना') शीषर्कको पुस्तक भविन्द्र कुँवरबाट लेखिएको छैन, तपाईले यदि भविन्द्र कुँवरको पुस्तक हेरेको भए कम्तिमा शीर्षकसम्म हेरेको भए राम्रो हुन्थ्यो। तर शीर्षकमात्र हेरेर पनि कुनै पुस्तकको खन्डन गर्नु त्यति सही मानिदैन भन्ने हाम्रो बुझाइ छ, तर आआफ्नो विचार हो ।
(३) तपाईँले पोष्टको शीर्षक, 'नेपाली "बैज्ञानिक" को बास्तबिक'ता, राख्नुभएको छ । तर पुस्तक नपढेको कुरा पनि गर्नु भएको छ । नपढीकन किन अनुमानका आधारमा त्यसो गर्नु भएको? कुरा बुझिनसक्नुको भयो र अझ तपाईलाई त पुस्तकको शीर्षक नै थाह रहेनछ । फेरि अर्को कुरा के भने तपाईँले दिएको ('नेपाली "बैज्ञानिक" को बास्तबिक'ता) शीर्षकले नै वैयक्तिकता र तथ्यहीनतातिर सङ्केत गरेको छ । यसले पनि तपाईँको उचाइ र तपाईँको विस्वसनीयतालाई अझै न्यून गर्न सक्ला भन्नेतर्फ सचेत हुने कि?
(४) अन्य केही कुराहरू पनि:
ReplyDeleteA.
तपाइँको कुरा:
"स्मरणीय छ भापिन्द्र ले केहि समय अगाडी अर्किमिदिस को तथ्य गलत साबित गरेको दाबी गरे तर त्यो दाबी लाई नेपाल कै भौतिक सास्त्री ले मान्यता दिएनन् तर उनि अहिले पनि त्यहि तर्क को आड मा आफुलाई महान बैज्ञानिक भन्दैछन ।"
हाम्रो कुरा:
महेशजी, आर्किमिडिजको सिद्धान्त गलत छ भन्ने 'भविन्द्र कुँवर'को दावी कुन भौतिक शास्त्रीबाट खन्डन हुन सक्यो? कहाँ खन्डन हुन सक्यो? NAST मा KU, TU मा, कि दर्जनौँ College हरूमा? कहाँ महेशजी, कहाँ? पठनपाठन गराउँदै आएको आर्किमिडिजको सिद्धान्तलाई ठीक छ भन्ने नेपालबाटमात्रै होइन कि विश्वभरीबाट कुनै एक जना निकाल्न सक्नुहुन्छ? ल प्रयास गर्नुहोस तर पछितिर कुरा गर्ने नभइ हाकाहाकी है? हामी त्यसैको खोजीमा छौँ । बरू College हरूबाट आआर्किमिडिजको सिद्धान्त गलत नै भएको पत्रहरू प्राप्त भएका छन् ।
B
तपाइँको कुरा:
मैले उनको पुस्तक अध्यन गरेको छैन (र गर्ने रुची पनि छैन ) तर भृकुटी मण्डप को स्टल मा त्यो पुस्तक अलि अलि हेरेको थिएँ । हेर्दा खासै ठुलो तर्क उनले उठाएका छैनन् तर पुस्तक को प्रचार भने धमाकेदार छ । यदि उनले त्यो कुरा प्रमाणित गरेकै हुन् भने उनलाई एक होइन सय नोबेल पुरस्कार पनि कम हुन्छ । किनकि आज सम्म दिएका सबै नोबेल पुरस्कार का तथ्य हरु लाई उनले खण्डन गरेका छन् ।
हाम्रो कुरा:
पुस्तक (त के नाम पनि) अध्ययन नगरेको र फेरि पुस्तकमा खासै तर्क नउठाएको कुरा एकैसाथ कसरी राख्नु भयो भन्ने कुरा पनि बुझ्न सकिएन? अनि नोबेल पुरस्कारको कुरा किन? खोलो एकातिर पुल अर्कातिर?
C
तपाइँको कुरा:
बिज्ञान का अति गहन अध्ययन भएका ति बैज्ञानिक (जसमध्ये एक जनालाई अर्का आफुलाई आइनिस्ताइन को तथ्य गलत साबित गर्ने भनाउन रुचाउथे अर्थात् रिजन कार्की ले पागल समेत भनेका थिए ) लाई एक पटक देखाएर त्यो पुस्तक मा ति बैज्ञानिक को समेत भनाइ राख्ने आँट गरेमा कम्तिमा पनि पुस्तक को विश्वसनीयता बढ्ने थियो ।
हाम्रो कुरा:
रिजन कार्कीले पागल भनेका व्यक्ति को थिए? नेपालको सन्दर्भमा हेर्दा U बाट नाम आउने सरको कुरा हो? कसैले क्षणिक आवेशमा आएर जे भनेको भए पनि त्यसरी कोड नै गरिदिनु राम्रो होइन, तर आआफ्नो विचार ।
D
तपाइँको कुरा:
नेपाल का बैज्ञानिक कम्जोर छन् भन्ने लाग्छ भने पनि अन्तर राष्ट्रिय स्तर का बैज्ञानिक संग त्यो तथ्य देखाउने कि ? यदि उनको तथ्य लाई प्रमाणित गरियो भने नेपाल बाट उदाएका बैज्ञानिक को रुप मा हामीले पनि प्रेरणा लिन मिल्थ्यो कि ?
तर उनीसंग त्यो आँट हुने छैन। किनकि उनलाई आफैलाई थाहा छ कि आफैलाई बनाएको तथ्य गलत छ भनेर ।
होइन भने एक पटक उनले आँट गरुन एउटा कार्यक्रम गरेर नेपाल कै बैज्ञानिक संग भए पनिअन्तरक्रिया गर्ने!
यो लेख बाट भापिन्द्र लाई चुनौती
हाम्रो कुरा:
अन्तर्राष्ट्रिय रूपमा मुकाविला गर्न गरेको अनुरोधलाई कुनै नराम्रो रूपमा लिने कुरा हुँदैन किनकि हाम्रो चाहना पनि त्यही हो . तर त्यो आँट छैन भनेर बडो भबिन्द्रको कुरा उठाउनु भएको छ जबकि भविन्द्रबाट आफ्ना हरेक प्रवचन कार्यक्रमहरूमा विश्वबाट खन्डन गरिदिन सक्ने मान्छेको खोजी गरिदिन अनुरोध भएको छ । बरू उनका दावीहरूलाई खन्डन गर्ने आँट भएको कोही भए तपाईँहरूले जानकारी गराउँदै जानुहोला ।
-Physics Reformation Campaign
महेशजी साँच्चै तपाईँ विज्ञानप्रेमि हो भने हाम्रा प्रवचन गोष्ठीहरूमा आउनुहोला र सम्भव भए अरु भौतिकशास्त्रीहरूलाई समेत लिएर आउनुहोला र सकेजति प्रश्न गर्नुहोला । तपाईँहरूजस्ता रुचिकर व्यक्तित्वहरूलाई हामी स्वागत गर्न तयार छौँ, आतुर छौँ।
ReplyDelete-Physics Reformation Campaign
यो समेत गरी ठीक माथिका Anonymous नामका क्रमिक तीनवटा Comment हरू Physics Reformation Campaign का तर्फबाट नै हुन् ।
धन्यवाद तपाईं हरु को प्रतिकृया को लागि। म तपाईं ले उठाएका सबै तर्क को उत्तर दिने छु। सर्वप्रथम शीर्सक को कुरा उठाउनु भो त्यो मैले याद नगरेकै हो। मैले पस्तक पुरै नपढेको पनि हो। तर भविन्द्रजी लाई याद छ भने त्यो पुस्तक मेला मा दुई दिन सम्म उहाँ सँग मेरो बहस भएको थियो। मैले पुस्तक किन्ने मनासाय ले गएको भए पनि एक दुई तथ्य लाई खन्डन गरेको तर्क हरु मलाई चित्त नबुझेर मैले नकिनेको र नपढेको हो। त्यती बेला म न्युटन को तथ्य बारेमा मैले कुरा गरेको थिए त भबिन्द्र जी डाइमेन्सन को बारेमा अस्पस्ट भएको बुझेको थिएँ। पछी साथी हरु ले किताब को नाम कमेन्ट मा सोधेको हुँदा नाम त्यस्तै भएर लेखेको हुँ। त्यसैले अध्ययन नगरि पोस्ट लेख्यो भन्ने तपाईं हरु को तर्क निराधार छ। म केही अध्ययन गरेर थप अध्ययन गर्न अनाबस्यक ठानेको मात्र हो।
ReplyDeleteतपाईं हरु ले आर्किमिडिजको सिद्धान्त लाई अहिले सम्म कुनै अधिकारिक ठाउँ मा गलत सावित गरेको थाहा पाएको छैन। गर्नुभएको भए म थाहा नपाएको हुँला।
मेरो लेख को आसय के थियो भने आउनुस् एक पटक बैज्ञानिक अन्तर्कृया गरौ। गंगबु मा हैन कि पाटन कालेज मा आउनुहोस् जहाँ हामी हरु हुने छौ। यसो भनेर चाँही मैले भबिन्द्र जी लाई नि भनेको थिए र उहाको तर्क के थियो भने बिज्ञान मा फरक बिचार लाई स्थान दिइदैन। सर हरु पनि आफ्नो डिपार्ट्मेन्ट को कारण सही बोल्न सक्नुहुन्न भनेर भन्नु भएको थियो। ठीक छ सर हरु ले नमान्नु होला तर यदी तपाईं हरु आफु लाई प्रमाणित गर्नुभो भने हामी तपाईं हरु को पछी लाग्ने छौ। तर सुझाब चाँही आउँदा कम्तिमा फीजिक्स का सामान्य शब्द समेटा बुझेर आउनुहोला। अन्यथा डाइमेन्सन को बारेमा अस्पस्ट भएजस्तो हाल नहोस्।
महेशजी, तपाईँको चासोलाई हामीले अन्यथा ठान्नु सही हुनेछैन भन्ने लागेको छ । सके क्याम्पसबाटै नत्र विद्यार्थीहरूले भए पनि आयोजना गर्नुहोस् र जानकारी गराउनुहोस् । हामी समय मिलाएर आउनेछौँ । आयामिक मान्यता आफैमा त्रुटिपूर्ण सिद्धान्तहरूका आधारमा निर्माण भएको देखिएको छ । त्यही आधारमा टेकेर नयाँ सिद्धान्तहरूको जाँच गर्नु भयो भने त नयाँ कुरा सुन्नुको अर्थ नै के हुने भयो र? यो त त्यतिबेला पृथ्वी चेप्टो भन्ने आँखाले ग्यालिलियोलाई हेरेजस्तो भइहाल्यो नि, होइन र? यस्ता कुरा अहिले छोडौँ, अनि के भने, तपाईँहरू जुन शीर्षकमा प्रवचन हुन्छ त्यसबारे राम्रोसँग तयारी गर्नुका साथै र पुनर्पठन गर्नु भएको खन्डमा प्रवचन थप उपलब्धिमूलक हुनेछ, हाम्रो अनुभवले यस्तै सिकाएको छ । देखेको कुरा देखिनँ र सुनेको कुरा सुनिनँ भन्ने साथीहरूको जमात भेटिइहाले पनि केही नौलो हुनेछैन, तर केही हदको सीमा होओस् भन्ने कामना गर्न त पाइएला नि । शीर्षक "आर्किमिडिजपूर्वको इतिहासको समीक्षा र आर्किमिडिजको सिद्धान्तको खन्डन" राखौँ अनि त्यसपछि पालैपालो गरौँला नि । परीक्षण पनि हेरौँला, हामी आआफैँ पनि गरौँला परीक्षण । सकभर परीक्षणको बीचैमा कुनै बहानामा बाहिरिने काम नगरौँला, किनकि अन्तिमतिर अझै रोचक परीक्षणहरू हुन सक्छन् । अनि हामी तपाईहरूलाई केवल भन्न खोजेको कुरा मात्र स्पष्ट गर्नेछौँ, कुनै अप्ठारो मान्नुपर्ने कुराहरू हुनेछैनन् । तपाईँहरूले स्वतन्त्रपूर्वक अवलोकन गर्ने प्रण गरेर कार्यक्रममा आउनु भएको खन्डमा कार्यक्रम झन रोचक हुनेछ । अकाट्य सिद्धान्त वा विचारहरू वा नियमहरू छन् भने तिनलाई पुष्टि गर्न कुनै बहुमत, ठुलाठुला संस्थाका स्वीकृति आदि आवश्यक हुँदैनन् अनि त्रुटिपूर्ण सिद्धान्तहरू बाहुबल वा बहूमतले स्थापना गरिरहन सम्भव हुँदैन भन्ने कुरा पनि सम्झिराख्नुहोला, किनकि कुनै पनि पुस्ता कसैका लागि वा कसैको आस्थाका नाममा सत्यतथ्यको जानकारीबाट पछि हटेको इतिहास भौतिक शास्त्रमा पाउन निकै मुश्किल भएको देखिन्छ, अझ सम्बन्धित इतिहासको समीक्षा पनि त्यहाँ हुनेछ । बरू असारको मासिक प्रवचन कार्यक्रमको छैठौँ शृङ्खला तपाईँले भनेकोले पाटन क्याम्पसमा नै गरौँ है त, महेशजी? जुलाई १४, असार ३० गते, १:०० बजे ।
ReplyDeleteकार्यक्रम साँचिकै तय गर्नसक्नु भएको खन्डमा यो ([email protected]) इमेलमा र यसै ब्लगमा पनि जानकारी पाउँ ।
धन्यवाद ।
-Physics Reformation Campaign
परीक्षण सामग्री हामी आफैँ ल्याउनेछौँ, कम्तीमा ह्वाइटबोर्ड भएको र बसेर सुन्न मिल्ने कोठा वा हलको प्रबन्ध तपाईँहरूबाट होओस् । साथीहरूलाई सूचना गरेर अलिक उपस्थिति गराउने कार्य पनि गर्नुहुनेछ । अब तपाईँले भनेजस्तो (मेरो लेख को आसय के थियो भने आउनुस् एक पटक बैज्ञानिक अन्तर्कृया गरौ। गंगबु मा हैन कि पाटन कालेज मा आउनुहोस् जहाँ हामी हरु हुने छौ) खुलेर लागौँ, कुनै सङ्कोच नराखौँ । हुने चीज भए गर्ने त हो, नत्र कसलाई समय र जीवन अनाहकमा खर्च गर्न मन हुन्छ र? ल त ...
ReplyDeleteधन्यवाद ।
-Physics Reformation Campaign
yes. just after reading that article n followed comments, really me once again felt we all r really engaging in propaganda............sure all the principle, all the philosophy r not static one.all r replaced n modified by more advanced principle but here we r just tying to fail the contemporary theories without any base of scientific methodology.
ReplyDeletebesides such books, there might be several causes like: such books can be sold in higher amount and here is no any responsible body that can supervise over such books.so publications n compiler him self might tempt to write such books.........
हो, कुनै सम्बन्धित विषयलाई यो कसरी भयो? यो खण्डनमा उठेको तर्क यो भएकाले यो आधारमा नयाँ तर्क त्रुटिपूर्ण भयो र पहेलेको सिद्धान्त यो आधारमा सही छ भन्न तिर महेश लाग्ने र खन्डनकर्ता पनि यो आधारमा नयाँ तर्क सही छ आदि कुरामा बहस केन्द्रित भएको भए अर्थपूर्ण हुन्थ्यो । यो त Anonymous ले माथि भनेझैँ र Physics Reformation Campaign ले भनेझैँ बेतुकको भयो । तर महेशहरूले प्रोग्राम गर्ने भएको खण्डमा यसको पनि केही अर्थ हुनेहोला । हेरौँ .....
ReplyDeleteखासमा महेशजी विज्ञानकै विद्यार्थी हुनुहुँदो रहेछ भन्ने कुरा उहँका निम्ताहरूले जनाएका छन् तर विना अध्ययन र अझै रुचि नै नभै चुनौति भन्नुले त्यसै वादविवाद गर्ने परम्पराको झल्को दिन्छ । Campaign ले पनि त्यस्ता विषय प्रवेश नगरेका कुरामा र अध्यन नै गरेको छैन भनि गरेको चुनौतीमा निकै समय लगाएर र चासो दिएर कमेन्ट गरेको देखिन्छ । पढ्दा रमाइलो भए पनि खोजेको कुरामा र हुनुपर्ने कुरामा छलफल केन्द्रित भएन । न त महेशजीले दिएको चुनौती चुनौती भन्न मिल्ने छ न त Campaign ले दिएको जवाफमा नयाँ तर्कहरूबारे जानकारी दिइएको छ, त्यही हो पहिले महेशले ब्यङग गर्नुभएको छ र Campaign ले दर्हो व्यङ्ग फिर्ता गरेको छ, तर हामी व्यङ्ग नभई नयाँ विषय जान्न इच्छुक छौँ । हा हा ...
ReplyDeleteसचेतना जी मैले खास मा उहा हरु को तर्क नजायज भन्दा पनि बेला बेला मा नेपाल मा आफुलाई बैज्ञानीक दाबी गर्ने हरु को बारेमा मात्रै लेख्न खोजेको थिएँ। भबिन्द्र ले उठाएका तर्क को बारेमा त मैले भनिसके को उहाँ सँग डाइमेन्सन मै प्रस्ट हुनुहुन्न भने अरु गहन तथ्य मा कसरी प्रस्ट हुनुहोला र। अध्ययन गरेको हो कि हैन भनेर मैले माथि नै भने कि पुस्तक मा भएका केही तथ्य मन नपरेपछी मैले पुस्तक नपढ्ने निर्णय गरेको हुँ। र अर्को कुरा धार्मिक संगठन को कुरा उठाएको छु त्यो मैले अध्ययन कै आधार मा भनेको कुरा हो। अनी भबिन्द्र जी को पुस्तक हेरेपछी मैले नेट मा समेत केही तथ्य हरु को गल्ती खोजेर समेत हेरेको थिएँ जुन भबिन्द्र को तर्क सँग लगभग मिलेका थिए तर त्यस्लाई विश्व बैज्ञानीक समुदाय ले अस्विकार गरेको थियो। यस्ता कुरा धेरै आउने गर्छन्।
ReplyDeleteतर यहाँ बहस गर्नु भन्दा पनि छिटो भन्दा छिटो म कार्यक्रम आयोजना होस् र त्यसमै बहस होस् भन्ने चाहन्छु।
I hope this discussion will go somewhere. Waiting for it.
ReplyDeleteCheers!