केहि दिन  अघि अमृत क्याम्पस मा भारत बाट आएका बैज्ञानिक प्रा डा कृष्ण लाल को कार्यक्रम मा जाने क्रम मा गेट मा मलाई एउटा पर्चा दिइएको थियो । त्यसरी बाटो  मा दिइएका  पर्चा खासै हेर्ने गर्दिन तर लाल ढिलो आएका ले त्यो पर्चा हेर्न मन लाग्यो। कुनै आफुलाई बैज्ञानिक दाबी गर्ने भपिन्द्र कुँवर ले प्रकासन गरेको किताब को प्रचार थियो त्यो र  दाबी गरिएको थियो कि अहिले सम्म का लगभग सबै भौतिक  बिज्ञान का तथ्य हरु  गलत थिए भनेर । त्यति ठुलो कार्यक्रम मा बिज्ञान का धेरै नै विद्यार्थी आउने आंकलन  गरेर त्यो प्रचार गरिएको थियो तर त्यो तथ्य स्वयं कृष्ण लाल सम्म पुर्याउने आँट भने ति व्यक्ति ले गरेका थिएनन ।
तर त्यो पुस्तक को प्रचार भने अहिले काठमाडौँ को गल्लि गल्लि मा भेट्न सकिन्छ । उनको पुस्तक भृकुटी मण्डप मा जारी पुस्तक मेला मा पनि बेच्न राखिएको छ र बिज्ञान  नै गलत भयो भनेर  समेत प्रचार गरिएको छ। सायद बिज्ञान का विद्यार्थी पनि उनका तर्क बाट प्रभावित  भएका छन् होला तर मलाई भने त्यो पुस्तक ले खासै छुन सकेन।
सन्सार  मा बिज्ञान गलत भएको दाबी गरेर थुप्रै तर्क अगाडी सारिन्छन ।प्राय धर्म भीरु हरु यो मोर्चा मा निकै नै अगाडी छन् । त्यस्तै अन्य कतिपय व्यक्ति हरु समेत त्यस्तै हावादारी तर्क हरु गरेर बिज्ञान लाइ  कमजोर बनाउने प्रयास मा लाग्ने गरेका छन् । त्यस्ता तर्क जम्मा गरेर एउटा होइन हजार महाभारत लेखन सकिन्छ । तर नेपाल जस्तो बिज्ञान को जनशक्ति कम्जोर भएको र सरकारी अनुसन्धान कम्जोर भएका देश हरु मा भापिन्द्र हरु ले त्यस को फाइदा उठाउने गर्दछन । अनि आफुलाई बैज्ञानिक दाबी गर्ने र सरकार ले सहयोग नगरेको मा गुनासो समेत गर्ने गर्दछन । स्मरणीय छ भापिन्द्र ले केहि समय अगाडी अर्किमिदिस  को तथ्य गलत साबित गरेको दाबी गरे तर त्यो दाबी लाई नेपाल कै भौतिक सास्त्री  ले मान्यता दिएनन् तर उनि अहिले पनि त्यहि तर्क को आड मा आफुलाई महान बैज्ञानिक   भन्दैछन ।
मैले उनको पुस्तक अध्यन गरेको छैन (र गर्ने रुची पनि छैन ) तर भृकुटी  मण्डप को स्टल मा त्यो पुस्तक अलि अलि हेरेको थिएँ । हेर्दा खासै ठुलो तर्क उनले उठाएका छैनन् तर पुस्तक को प्रचार भने धमाकेदार छ । यदि उनले त्यो कुरा प्रमाणित गरेकै हुन् भने उनलाई एक होइन सय नोबेल पुरस्कार पनि कम हुन्छ ।  किनकि  आज  सम्म  दिएका  सबै नोबेल पुरस्कार का तथ्य हरु लाई उनले खण्डन गरेका छन्  । त्यसो भए ठिकै छ भारत का बैज्ञानिक आएको मौका त छुट्यो तर पनि नेपाल मै समेत भौतिक बिज्ञान का धुरन्धर हरु छन् । बिज्ञान का अति गहन अध्ययन भएका ति बैज्ञानिक (जसमध्ये एक जनालाई अर्का आफुलाई आइनिस्ताइन को तथ्य गलत साबित गर्ने भनाउन  रुचाउथे अर्थात् रिजन कार्की ले पागल समेत भनेका थिए ) लाई एक पटक देखाएर त्यो पुस्तक मा ति बैज्ञानिक को समेत भनाइ राख्ने आँट गरेमा कम्तिमा पनि पुस्तक को विश्वसनीयता बढ्ने थियो । नेपाल का बैज्ञानिक कम्जोर छन् भन्ने लाग्छ भने पनि अन्तर राष्ट्रिय स्तर का बैज्ञानिक संग त्यो तथ्य देखाउने कि ?  यदि उनको तथ्य लाई प्रमाणित गरियो भने नेपाल बाट उदाएका बैज्ञानिक को रुप मा हामीले पनि प्रेरणा लिन मिल्थ्यो कि ?
तर उनीसंग त्यो आँट हुने छैन। किनकि उनलाई आफैलाई थाहा छ कि आफैलाई बनाएको तथ्य गलत छ भनेर  ।
होइन भने एक पटक उनले आँट गरुन एउटा कार्यक्रम गरेर नेपाल कै   बैज्ञानिक संग भए पनिअन्तरक्रिया गर्ने!
यो लेख बाट भापिन्द्र लाई चुनौती