हामी पक्कै पनी भाग्यमानी ठहरियौँ। कारण कमजोर सुरुवात र नाटकिय परिबर्तन
सँगै नेपाल एसीसी ट्वान्टी ट्वान्टी कपको सेमीफाइनल र बिश्वकप छनौट मा एक
साथ प्रबेस गरेका छौँ। यो यात्रा लगभग डिभिजन पाँच को चरण जस्तै भएको
थियो। अमेरिका सँग लगभग एक बलको फरक मा भएको हारले त्यती बेला नेपालको
भाग्य चम्किएको थियो। यसरी भाग्य मा भर पर्नु भने नेपालको नियती नै बनेको
छ। अफगानिस्तान सँग केही बर्ष अघी हारेर बिश्व ट्वान्टी ट्वान्टी कप
खेल्न नपाएको नेपाल तान्जानिया सँग भोगेको अप्रत्यासीत हारको कारण डिभिजन
तिन मा बढुवा हुनबाट बन्चित भएको थियो र त्यही कारण अझै पनी नेपालको
बिश्वकप सपना धुमिल बनेको छ।
आखिर के छ जसले हामीलाइ सधै छल्ने गर्छ? उत्तर जटिल छ। कारण यो छ कि
हाम्रो क्रिकेट स्तर अझै पनि धेरै तल छ र यो नै यथार्थ हो। बिश्वकप हामी
भन्दा धेरै टाढा छ । त्यो दुरी पार गर्न हामी खुकुरीको धारबाट यात्रा
गर्नु पर्ने अबस्था छ। लामो र जोखिम पुर्ण यात्रामा चिप्लिनु भनेको
गन्तब्यमा नपुग्नु हो कम्तीमा बिश्वकपको लागी। यस्तो अबस्थामा असफल भएको
क्षण तितो लाग्नु स्वभाबिकै हो। तर आमुल परिबर्तन नहुँदा सम्म यो नै
हाम्रो यथार्थ हो।