पासाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त
भाषाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


चोक पसल जताततै संबिधानकै चर्चा चल्छ
चासाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


झुप्राबाट गरिबले नि संबिधान भन्दै छन रे
आशाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


संबिधान लेख्छौँ भनी जनतासँग गरिएका
बाचाहरु बाँकि नै छन संबिधान लेख्छौ कि त


(यो गजल करिब दुई वर्ष अघि लेखिएको थियो तर अचम्म लाग्छ यो गजल अझै सान्दर्भिक  छ र अझै कति वर्ष सम्म सान्दर्भिक  हुने हो)