धेरै समय नै भैसक्यो होला साथिहरुसँग लामो यात्रामा घुम्न नगएको | दुइ बर्ष अघिसम्म साथीहरुसँग जसरि भेटघाट रमाइलो गरिन्थ्यो अहिले त्यो आधा भन्दा कम भइसक्यो | तर तिनै साथिहरुसँग कुरा हुन्छ तर प्रत्यक्ष हैन सामाजिक संजालमा | यसका केहि प्रत्यक्ष फाइदा पनि छन् र बेफाइदा पनि | तर संसार भौतिक रुपले सानो भइसकेको छ भने भर्चुअल संसार भने दिनदिनै बिस्तार हुँदै छ | त्यहि भएर नै होला साथि हरु सँग कुरा गर्न बस्दा पनि मोबाइलको किप्याड बिजी नै भएको हुन्छ | एकै चोटी थुप्रै ठाउँमा भएका साथि हरु सँग कुरा भएको हुन्छ | तर समग्रमा हेर्दा सामाजिक संजालले सामाजिक सम्बन्ध नै कमजोर बनाउँदै छ कि भन्ने मेरो बुझाइ छ |तर यसको पुस्टि गर्न अरुको उदाहरण किन दिने भनेर आफैले फेसबुकमा एकजना साथिसँग कुरा गर्दै गर्दा आफै भिडियो क्याप्चर गरेको थिएँ जसको एउटा अंश यहाँ राखेको छु | हरेक सब्दमा म यसरि भुलेको रहेछु सायद देख्नेले मलाइ मनोरोगी भन्छन होला | तर पनि सामाजिक संजालले पारेको प्रभावको यो एउटा सशक्त प्रमाण हो