तपाइँ विज्ञानको बिद्यार्थी हुनुहुन्छ भने सम्भबत fn, rxn जस्ता सब्द सँग पक्कै परिचित हुनुहुन्छ होला | तर आफ्नो बिषय बाहिरको कुरामा समेत लेख्ने बेला यही सब्द लेख्न पुग्नुभो भने कस्तो महसुस गर्नुहुन्छ? विज्ञानका समिकरणहरुलाइ छोटो तथा छरितो बनाउन प्रयोग हुने यस्ता सब्द हरु सम्भबत अन्य बिधाका बिद्यार्थीहरुले बुझ्दैनन होला | तर पनि लागेको बानी त हो कता बाट आइहाल्छ र लेखिहालिन्छ |
त्यस्तै अर्को समस्या हो च्याट तथा सोसल नेटवर्कमा प्रयोग हुने शर्टकट की हरुको कमाल | त्यहाँ because लेख्न परे coz, how are you लेख्न परे hw r u? , हुँदा हुँदा कतिपय साथीहरु अंग्रेजीका सब्द हरुको सबै भवेल हटाएर समेत लेख्छन | यसले समेत हाम्रो लेखन सैली यति बदलिएको छ कि कुनै मानिसलाई तुरुन्तै एप्लिकेसन लेख्न दिने हो भने यस्तै शर्टकर्टले भरिदिन्छन |
तर यहाँ मैले लेख्न खोजेको चाहिँ आफ्नै पिडाको बारेमा हो | मलाइ प्रीति अथवा अरु नेपाली फन्ट सिक्ने रहर कहिले पनि भएन | त्यसैले सुरुदेखि नै म रोमन टु युनिकोडको प्रयोग गर्ने गर्थे तर त्यसको चर्को पिडा चाहिँ मलाइ सुद्ध अंग्रेजी लेख्दा परेको छ | त्यसको प्रमाण हेर्नुस यदी मैले नेपालीमा ल्यापटप टाइप गर्नु परे युनिकोडमा lyaaptap हान्नु पर्छ जसले गर्दा कहिलेकाहीं अंग्रेजीमा लेख्नु पर्दा निकै समस्या पर्छ | अरु त के कुरागर्नु यही

र मेरो हकमा भन्दा माथिका सबै समस्याबाट पिडित मान्छे मा हुँ | त्यसैले म नाथेले कसरि सुद्ध लेख्न सक्नु |
3 Comments
and then we have nepali hijje pundits throwing tantrum for any mistakes...
ReplyDelete:)
ठिक छ कामरेड
ReplyDeleteसमस्या हो कसरि सुद्ध लेख्नु पर्छ
ReplyDelete