केहि समय अघिदेखि नेपालीहरु टुइटरमा छिर्ने प्रक्रिया निकै बढेको छ | तर यही प्रक्रिया सँगै टुइटरमा निकै बिकृति समेत बढेको देखिएको छ | यसै सन्धर्भमा केहि समय अघि केहि मेरा मित्रहरुले टुइटरको बारेमा भनेको कुरा सम्झिन्छु | उनीहरुले भनेका थिए कि टुइटर यस्तो फोरम हो जहाँ जे लेखेपनि हुन्छ | अहिले ती साथिहरु बिस्तारै बिस्तारै टुइटर प्रवेश गर्दै छन |
केहि समय अघि लूट भन्ने फिल्मको पृथक धारले बजार ततायो तर नेपाली फिल्म बजारमा नमिठो संदेश समेत छोडेर गयो | त्यो हो छाडा सब्द राख्ने हो भने नेपाली फिल्म चल्छन | त्यसले अहिले नेपाली फिल्मलाइ पारेको प्रभाब सबैलाई थाहा नै छ | यो कुराको चर्चा मैले यहाँ किन गरेको भने केहि टुइटर प्रयोगकर्ताको टुइट सबैको चासोको बिषय बन्ने गर्थ्यो | उहाँहरुको पृथक सैलीको टुइट धेरैको आकर्षण अहिले पनि छ | धेरै मान्छेको बुझाइमा टुइटर त्यस्तै सब्द लेख्ने माध्यम मात्र हो भन्ने छ | तर उहाँलाई के थाहा छैन भने त्यस्तो पृथक टुइट गर्ने लगभग सबैको ब्लग छ र अन्य सोसल मिडियामा समेत त्यहि युजरनेमबाटनै उपस्थिति छ | साथै अन्य माध्यममा पनि उहाँहरुको लेख्ने सैलीमा केहि फरक छैन | यसरि हेर्दा त्यो युजरनेम उहाँहरुको भर्चुअल संसारको उपस्थिति समेत हो |
तर उहाँहरुको टुइटले के नकारात्मक असर पार्यो भने टुइटमा नबप्रबेशी मित्रहरु फेक नामबाट उपास्थिति जनाउन लाग्नुभयो | आफ्नो नाम बाट सिधै आउदा जुन कुरा लेख्न सकिदैन त्यो कुरा छद्मनाम बाट प्रस्तुत गर्न सकिन्छ भन्ने उहाँहरुको बिश्वास रह्यो | त्यसैले अहिले छद्म नामधारी टुइटेको बाढी नै आएको छ | तर उहाँहरु आफुसँग सम्बन्धित व्यक्तिगत जानकारी टुइटरमा दिनुहुन्न | कारण उहाँहरु आफ्नो जानकारी लुकाउन चाहनुहुन्छ | उहाँहरुको फेसबुक एकाउन्ट छ त्यहाँ भलाद्मी पारामा बस्नुहुन्छ | ब्लग लेख्ने हरु पनि ब्लगमा विद्वान बिस्लेशक देखिनुहुन्छ होला | तर टुइटरमा चाहिँ फरक तरिकाले आउनुहुन्छ | मनोविज्ञानले सायद यसलाई मल्टिपल पर्सनालिटी डिसअर्डर भन्छ क्यारे | जहाँ एकै मान्छे को दुइ प्रकार को चरित्र देखिने गर्छ | छद्म टुइटे मित्रहरु लाइ आफु यो समस्यामा नभएको भन्ने भान होला तर जुन टुइट तपाइँहरु रमाइलोको लागी गर्दै हुनुहुन्छ त्यो तपाइँको सबकन्सस माइन्डमा भएको विकृत कुरा हो भनेर बुझ्नुहोला | त्यसैले विभिन्न सोसल मिडियामा विभिन्न तरिकाले आउने सैलि मनोरोग को प्रमाण हो | त्यसैले उपचार खोज्नुहोला | मेरो सुझाब |
4 Comments
यो बर्खा सँगै त्यस्ता टुईटे र ट्विटको बाढी बढी नै आएको महशुस मैले पनि गरेकी छु। 'आफ्नो अधिकारको प्रयोग गर्ने क्रममा कतै मैले कर्तब्य भुलेको या अर्काको अधिकारमा बाधा हालेको त छैन' भन्ने सोचाई आ'को भए सायद यस्तो हुने थिएन होला। बुझ्ने ले नबुझेँ झै गरे पछि के गर्नु :(
ReplyDeleteसकेसम्म सबैले आफ्नो वास्तविक नाम राखे राम्रो हुन्थ्यो नत्र नाम जे राखे पनि (कसैले सोध्दा) परिचय भने वास्तविक नै दिदा राम्रो यसले ट्विटरमा बिक्रिती आउनबाट रोक्न सकिन्छ
ReplyDeleteमहेश जि,
ReplyDeleteफेसबुकमा परिवार नातागोता, आदर गरेका मान्छे हरूको समूह बढि छ तर ट्विटरमा त्यस्तो छैन (हालसम्म)। अब परिवार, नातागोता सँग गर्ने व्यवहार र साथी-समकक्षिसँग गर्ने व्यवहारमा दोहोरो पर्वृति देखियो भनेर तुसिनुहुन्छ भने तुसिनुस् । BTW १ क्लिकको अधिकार सबैको छ है ।
तपाईले गरेको तर्क चित्त बुझ्दो लागेन | म स्वयम ट्विटरमा छु तर आफ्नो सक्कली नाम र सक्कली ब्लग सहित उपस्थित छु | गूगलमा मेरो नाम खोज्ने हो भने मैले गरेको ट्विट सुरुमा देखाउछ | त्यसो गर्दा मैले साथिहरुसंग गर्ने अन्तरक्रियामा केहि फरक परेको छैन |र मेरो बुझाइमा सक्कली एकाउन्ट बाट आए पनि त्यो अन्तरक्रियामा केहि फरक पर्दैन भन्ने छ | यदि साथि सँग हुने अन्तरक्रिया गर्दा छद्म नाम राख्नु पर्छ भने साथी सँग भेट गर्दा चाहिँ मास्क लाएर जानुहुन्छ?
Deleteमेरो यो लेख बिसेस गरि छद्म नामधारी को लागी हो | तपाइँ त्यसमा पर्नुहुन्छ कि हुदैन मलाई थाहा छैन तर छद्म नाम प्रयोग गर्नुहुन्छ भने तपाई आफ्नो केहि व्यक्तित्व छद्म तरिकाले प्रस्तुत गर्न चाहनुहुन्छ भने बुझिन्छ | बाँकी कुरा माथि नै लेखेको छु