केहि समय अघिदेखि नेपालीहरु टुइटरमा छिर्ने प्रक्रिया निकै बढेको छ | तर यही प्रक्रिया सँगै टुइटरमा निकै बिकृति समेत बढेको देखिएको छ | यसै सन्धर्भमा केहि समय अघि केहि मेरा मित्रहरुले टुइटरको बारेमा भनेको कुरा सम्झिन्छु | उनीहरुले भनेका थिए कि टुइटर यस्तो फोरम हो जहाँ जे लेखेपनि हुन्छ | अहिले ती साथिहरु बिस्तारै बिस्तारै टुइटर प्रवेश गर्दै छन | 
केहि समय अघि लूट भन्ने फिल्मको पृथक धारले बजार ततायो तर नेपाली फिल्म बजारमा नमिठो संदेश समेत छोडेर गयो | त्यो हो छाडा सब्द राख्ने हो भने नेपाली फिल्म चल्छन | त्यसले अहिले नेपाली फिल्मलाइ पारेको प्रभाब सबैलाई थाहा नै छ | यो कुराको चर्चा मैले यहाँ किन गरेको भने केहि टुइटर प्रयोगकर्ताको टुइट सबैको चासोको बिषय बन्ने गर्थ्यो | उहाँहरुको पृथक सैलीको टुइट धेरैको आकर्षण अहिले पनि छ | धेरै मान्छेको बुझाइमा टुइटर त्यस्तै सब्द लेख्ने माध्यम मात्र हो भन्ने छ | तर उहाँलाई के थाहा छैन भने त्यस्तो पृथक टुइट गर्ने लगभग सबैको ब्लग छ र अन्य सोसल मिडियामा समेत त्यहि युजरनेमबाटनै उपस्थिति छ | साथै अन्य माध्यममा पनि उहाँहरुको  लेख्ने सैलीमा  केहि फरक छैन | यसरि हेर्दा त्यो युजरनेम उहाँहरुको भर्चुअल संसारको उपस्थिति समेत हो |
तर उहाँहरुको टुइटले के नकारात्मक असर पार्यो भने टुइटमा नबप्रबेशी मित्रहरु फेक नामबाट उपास्थिति जनाउन लाग्नुभयो | आफ्नो नाम बाट सिधै आउदा जुन कुरा लेख्न सकिदैन त्यो कुरा छद्मनाम बाट प्रस्तुत गर्न सकिन्छ भन्ने उहाँहरुको बिश्वास रह्यो | त्यसैले अहिले छद्म नामधारी टुइटेको बाढी नै आएको छ | तर उहाँहरु आफुसँग सम्बन्धित व्यक्तिगत  जानकारी टुइटरमा दिनुहुन्न | कारण उहाँहरु आफ्नो जानकारी लुकाउन चाहनुहुन्छ |  उहाँहरुको फेसबुक एकाउन्ट छ त्यहाँ भलाद्मी पारामा बस्नुहुन्छ | ब्लग लेख्ने हरु पनि ब्लगमा विद्वान बिस्लेशक देखिनुहुन्छ होला | तर टुइटरमा चाहिँ फरक तरिकाले आउनुहुन्छ | मनोविज्ञानले सायद यसलाई मल्टिपल पर्सनालिटी डिसअर्डर भन्छ क्यारे | जहाँ एकै मान्छे को दुइ प्रकार को चरित्र देखिने गर्छ | छद्म टुइटे मित्रहरु लाइ आफु यो समस्यामा नभएको भन्ने भान होला तर जुन टुइट तपाइँहरु रमाइलोको लागी गर्दै हुनुहुन्छ त्यो तपाइँको सबकन्सस माइन्डमा भएको विकृत कुरा हो भनेर बुझ्नुहोला | त्यसैले विभिन्न सोसल मिडियामा विभिन्न तरिकाले आउने सैलि मनोरोग को प्रमाण हो | त्यसैले उपचार खोज्नुहोला | मेरो सुझाब |