उ कुनै बेला मेरो लागी अपरिचित थिई | तर उसका हरेक अभिव्यक्ति मेरोलागी आश्चर्यका बिषय हुने गर्दथे | जब म मेरो साथिहरु सँग उसको बारे सुन्थें मलाई लाग्थ्यो कुनै महान दार्शनिकको कुरा सुन्दै छु | खै किन हो उसँग प्रत्यक्ष सम्पर्क गर्ने आँट चाहिँ मेरो थिएन | त्यसैक्रममा मेरो साथीले एक दिन मेरो साथीसँग कुरा गर्ने हो भनेर प्रस्ताब गर्यो | जसलाई मैले सिधै स्विकार गरेको थिएँ | र उसँग पहिलो पल्ट औपचारिक रुपले जोडिएको थिएँ |


बिस्तारै उसँग अन्तरक्रिया हुँदै जान लाग्यो | मैले उसको लागी बनाएका सबै विश्वासका पर्खालहरु एक एक गरि ढल्न लागे | मैले उसलाई आफूभन्दा बढी उमेर भएको र धेरै अनुभब भएको व्यक्तिको रुपमा बुझेको थिएँ | तर बुझ्दै जाँदा थाहा भो उसको उमेर मभन्दा कम छ | अनि मैले उ बाट जसरि दर्शनको प्रबाह होला भन्ने सोचेको थिएँ त्यो समेत हुन सकेन | तर मैले अहिले सम्म बुझेका दार्शनिकभन्दा निकै पृथक रुपमा मैले उसलाई पाएँ | अधिकांस दार्शनिक बोल्छन् तर उनीहरुको बोलीमा जीवन हुँदैन | किताबी ज्ञान र कसैले भनेको तर्क लाइ जबर्जस्ति जीवन सँग जोड्ने प्रयास गर्ने दार्शनिक धेरै भेटिन्छन | तर दर्शनलाई जीवनमा ढाल्न सक्ने दार्शनिक कमै मात्रहुन्छन | उ सँग कुरा गर्दा सुरु सुरुमा यस्तो लाग्यो उ अझै केटाकेटी छ | उसले गर्ने कुरामा केटाकेटीको जिद्दिपना छ | तर पछी थाहा भो उसले आफ्नो केटाकेटी पनामा जीवनको दर्शन मिसाएकी छ |अर्थात उसको दर्शन जीवित छ सजिब छ |

उसका हरेक क्रियाकलाप हरु पृथक थिए | अरु भगवानसँग आफुलाई चाहिने कुराको लागी हारगुहार गर्छन भने उ चाहिँ भगवान सँग आमाबुवासँग गरेजस्तो झगडा गर्थी | यसरि पृथक धारको अध्यात्मको साथ साथमा उसँग बिज्ञानको समेत पृथक ज्ञान थियो | उ आफ्नो जीवनमा आउने हर समस्यालाइ एटम बम सँग दाज्ने गर्दथी | कतिबेला बिहे गर्छु केटा खोज की खोज भनेर हैरान पार्थी | त्यो बेला एउटा केटिमा हुने लज्जा उसमा हुदैनथ्यो | अर्थात पुरै बालकले जस्तो गरी जिद्दी गर्थी भने तुरुन्तै म कहिले पनि बिहे गर्दिन भनेर कठोर दर्शन समेत सुनाउन पछी पर्दिन थी |

हरेक कुराहरु एकदम नजानेजस्तो गरी सोध्ने तर त्यसको उत्तर पाएपछी त्यसबारे बहस गर्न समेत तल्लिन हुन्थी | अर्थात एकैचोटी जान्ने र नजान्ने हुन सक्ने बेजोड गुण उसँग थियो | कुनै दिन उ एकदम निराश जस्तो भेटेको थिएँ | त्यसबेला मैले उसलाई भेनेको थिएँ “मसँग झगडा गर म केहि भन्दिन तिम्रो रिस नी सान्त हुन्छ ” त्यसको जवाफमा उसले भनेकी थियी “म कसैसँग झगडा गर्दिन झगडा गर्न परे भगवान सँग मात्र गर्छु ” अनि मैले भनेको थिएँ “तिमि त शक्तिशाली रैछौ भगवान सँग झगडा गर्ने सामर्थ्य तिमीमा रैछ साच्ची तिम्रो भगवान कहाँ छन्?” त्यसको उत्तरमा उसले भनेकी थिइ “मेरो भगवान मेरो आखाँमा छन्” अर्थात उसको आफ्नो सहज र सरल जवाफ यसमा पनि थियो | सायद उसले उसको भगवान भेटिसकेको थिई |
यसरी मलाई लाग्न थाल्यो उ एकै पटक दुइ जीवन बाँच्दै छ | एउटा निर्दोष बालकको जीवन र अर्को दार्शनिकको | कतिबेला एउटै कुरालाई अत्यन्तै सरल र सामान्य बच्चाको मनोबिज्ञानबाट प्रस्तुत गर्न सक्ने कति बेला त्यही कुरा कुनै ठुलो दार्शनिकको व्याख्यानको रुपमा प्रस्तुत गर्न सक्ने गजबको क्षमता मैले उसमा भेटेको थिएँ | तर अधिकांस दर्शनको जानकारसँग हुने नबुझिने र बोझिलो व्याख्यान उसमा थिएन् | न त आफु जान्ने भएको अहम थियो | उसको जीवन नै उसको दर्शन थियो | आफ्नो जीवनमा यसरि दुइ प्रकारको चरित्रलाई एकै चोटी देखाउन सक्ने बिशेस क्षमता मैले उसमा मात्र देखेको हुँ |
मैले उसलाई आफ्नो जीवनको आदर्श पात्रको रुपमा हेरेको थिएँ | मलाई लागेको थियो मैले उबाट धेरै कुरा सिक्ने छु | उसलाई मैले मेरो जीवनको गुरु बनाउने छु | मेरो जीवनको हरेक पल र हरेक पाइलामा उसको सल्लाह र सुझाब लिने छु | तर उसको बिचार अर्कै थियो | उसको लक्ष्य कतै टाढा पुग्नु थियो | जीवनको लक्ष्य सँग साक्षात्कार गर्नु थियो | उसलाई आफ्नो जीवन चिन्नु थियो | त्यसको लागी उसलाई कुनै स्वतन्त्र आकासमा उडान भर्नु थियो | सबै कुराहरु सँग परिचित हुनु थियो | सायद उसको त्यो महान यात्राको कुनै मोडमा भेट भएको यात्री थिएँ म जसले उसँग सधै सँगै यात्रा गर्ने सपना देखेको थिएँ | तर सायद हाम्रो लक्ष्य फरक थियो अथवा उसको बेग मेरो भन्दा निकै छिटो थियो | त्यसकारण एक मोडमा उ र म छुटिन पुग्यौं | त्यसपछि उ कता पुगी मलाइ अहिले सम्म थाहा छैन | सायद जीवनको कुनै मोडमा भेट होला नहोला त्यो पनि थाहा छैन | तर पनि मलाइ के बिश्वास छ भने उ आफ्नो लक्ष्यमा आवस्य पुग्ने छ र उसको त्यो यात्रा पढेर र सुनेर थुप्रै मान्छेले आफ्नो लक्ष्य भेट्टाउने छन् | र सायद म पनि त्यसमा एक हुनेछु |
(यो मेरो सिर्जना हैन | एकजना साथीको अनुभबलाइ लेखेर राख्ने कुरा हुँदै गर्दा त्यो साथीको अनुभबलाइ मैले टाइप गरेर सघाएको थिएँ | पछी त्यो साथीले यो कथालाई  मेरो ब्लगमा राखिदिन अनुरोध गरेकोले मात्र यहाँ स्थान दिएको हो |)