एक बर्ष अघि भृकुटीमण्डपमा भइरहेको हस्तकला महोत्सबमा एकजना साथिसँग घुम्ने क्रममा त्यो साथीले मलाइ एउटा काठको बाकस भित्र ७ वटा काठका टुक्रा भएको बस्तु किन्न सिफारिस गरेको थियो |उसको अनुरोधमा मैले त्यो बस्तु किने र घरमा ल्याएँ | तर ल्याएर खोल्ने बित्तिकै एउटा आपत आइलाग्यो | बाकसबाट त्यहाँ भएका सबै काठका टुक्रा बाहिर आए तर राख्ने उपाय भएन | निकै मेहनत पछि लगभग २ घन्टा लगाएर सबै भित्र राख्न सफल भएँ | त्यसपछि मेरो रवाफ नै अर्कै भयो |सबैलाई त्यो देखाउन भन्ने र मिलाएर बाकस भित्र राख्न भन्ने | सबैको उस्तै समस्या थियो कसैले पनि एकै चोटीमा भित्र राख्न सक्ने स्थिती थिएन |
हो त्यति बेला मैले किनेको बस्तुको नाम हो टेनग्राम | चीनमा उत्पत्ति भएको यो पजल साच्चिकै रमाइलो छ | समय गएको नी थाहा नहुने र एकाग्रता समेत बढ्ने हुनाले मलाई चाहिँ यो निकै मन पर्छ | तर भनेको बेला काठबाट बनेको टेनग्राम पाउन नसकिने हुनाले कागज प्रयोग गरि समेत यसलाई बनाउन र प्रयोग गर्न सकिन्छ | जसको लागी यो भिडियोको सहायता लिन सक्नुहुन्छ | यो भिडियोमा कागजलाइ कसरि टेनग्राम पजल बनाउने भनेर देखाइएको छ |


अब टेनग्राम बनिसकेपछि यसबाट थुप्रै आकृति बनाउन सकिन्छ जुन नै टेनग्राम पजल हुने गर्दछन | नेटमा हेर्नुभो भने हजारौं त्यस्ता आकृति भेटिने गर्दछन |केहि आकृति म डेमोको रुपमा यहाँ राखेको छु |
अघि बनाएका कागजका टुक्राबाट यो चित्रमा देखाएका जस्तै आकृति बनाउने प्रयास गर्नुहोस | तर कुनै पनि टुक्रालाई बाँकी राख्न पाउनुहुने छैन | मलाइ बिश्वास छ तपाइँलाइ यो पजल मन पर्ने छ
(इमेज साभार http://collincreekcommunity.org/the-missing-piece)