समाज यस्तो औजार हो जसले सबैतिर चलीआएका मूल्य मान्यता भत्काएर आफ्नै नयाँ मूल्य र मान्यता स्थापित गर्न सक्छ | संसारमा सामान्य रुपमा जस्तो प्रचलन भएको भए पनि समाजले आफ्नो बिशेषताको आधारमा छुट्टै प्रचलन बनाउने गर्छ | र समाजका अधिकांस सदस्य त्यहि प्रचलन अनुसारचल्ने गर्दछन | म यो लेखमा हामीले भत्काएका केहि यस्तै कुराहरुको बारे उल्लेख गर्ने प्रयास गरेको छु जुन बिशेस गरि सामाजिक संजालसँग सम्बन्धित छन् | 
सुरुमा  फेसबुकको बारेमै कुरा गरौँ |  बिशेस गरि लाइक र ट्यागको बारेमा | हामीमध्ये धेरैले आफ्नो अथवा कुनै संदेश भएको फोटो पोस्ट गरेपछी सुरुमै गर्ने गरेको कुरा हो ट्याग | आफुले चिनेजानेसम्मका सबैलाई ट्याग गरेर मैले फोटो पोस्ट गरें है भनेर जानकारी दिने प्रचलन सामान्य जस्तै भैसक्यो | यदि ट्याग गरिएका पोस्टलाइ टाइमलाइनमा जान बाट रोक्ने अप्सन नछान्ने हो भने त आधा भन्दा बढी पोस्ट ट्यागकै हुने गर्छन | तर के ट्याग अरुलाई फोटो अथवा कुनै पोस्ट देखाउन मात्र प्रयोग हुने हो त? पक्कै पनि हैन | अरुलाई देखाउन त टाइमलाइन नै काफी छ नी | ट्याग भनेको त कुनै पनि फोटोमा भएको व्यक्ति को हो भनेर अरुले सजिलै बुझुन भनेर सजिलोको लागी गरिने संकेत हो | तर कुनै संदेश मात्र राखिएका पोस्टमा व्यक्ति ट्याग हुनुलाई कुन रुपले बुझ्ने? तर मैले सुरुमै उल्लेख गरेजस्तो अहिले ट्याग हाम्रो समाजमा यहि रुपमा प्रयोग हुन लागेको छ | जसले गर्दा ट्यागको झमेला खेप्नु पर्ने र मैले ट्याग गरेको फोटोमा किन कमेन्ट नगरेको भनेर सुन्नु पर्ने कुरा जारी नै हुने छ |



त्यस्तै  अर्को चर्को आतंकको रुपमा देखिने कुरा हो लाइक  | अहिले कतिपय पेजले बिहान गर्ने पोस्ट हुन्छ आजको बिहान फलानो भगवानलाई लाइक चढाएर सुरु गरौँ | हुनत कतै ओशोले भनेका थिए भगवान मान्छेले आफ्नो अनुसार बनाउँछ | कम्प्युटर इन्जिनीयर ले महादेवको मुर्ति स्थापित गर्नपर्यो भने कम्प्युटरेश्वर महादेव बनाउछ रे | त्यस्तै नै होला सायद फेसबुकको मन्दिरमा चाहीं भगवानलाई चढाउने कुरा लाइक नै होला | तर त्यसरी लाइक गर्नाले कतिको भगवान खुसी हुन्छन अथवा त्यसको धार्मिक महत्व कति हुन सक्छ भनेर कसैले सोच्ने गरेको पाइन्न | बरु त्यसबाट एडमिन चाहिं पक्कै खुसि हुने गर्छन | तर लाइक गरेर भगवान खुसि बनाउने संस्कार अब स्थापित भैसक्यो | जुन सायद फेसबुक संस्थापक जुकरबर्गले लाइक अप्सन राख्दा सोचेका पनि थिएनन होला |
अब कुरा गरौँ ट्विटरको | ट्विटर फेसबुकको तुलनामा सिमित व्यक्तिले मात्र चलाउने गर्छन | तर यस्ता नयाँ प्रचलन बनाउने सवालमा चाहीँ ट्विटर फेसबुक भन्दा निकै अघी छ |  पहिलो कुरा गरौँ ट्विटरमा आउने पोस्टको बारेमा | ग्रुप डिस्कसन र छिटो छरितो संचारको लागी फेसबुकलाइ ट्विटरले पछाडी पार्छ भन्ने मेरो बुझाइ हो | म यो मेरो मान्यतामा गलत समेत हुन सक्छु | तर पनि यहि दुइ वटा कुराले मलाई ट्विटरले जहिले पनि बाधेर राख्ने गर्छ | तर म जतिबेला टाइमलाइन खोल्छु मैले कल्पना नै गर्न नसक्ने कुराहरुको बारे पोस्ट आइरहेको हुन्छ | बढीमा १५ मिनेट अघिका भन्दा धेरै पोस्ट हेर्नु मेरो नियमित ट्विटर एकाउन्ट (@mskhanl) मा असम्भब नै हुन्छ | त्यसैले त्यो एकाउन्टमा मैले जसको पोस्ट नछुटोस भन्ने लाग्छ उनीहरुलाई छुट्टा लिस्ट बनाएर राखेको छु भने आफ्नो बिषय सँग सम्बन्धित बिदेशी ब्यक्ति संस्थालाइ अर्कै एकाउन्ट बनाएर फलो गरेको छु | त्यहाँ मैले देखेको कुरा के हो भने एक दिन भरि त्यो एकाउन्ट नखोले पनि ट्विट हेर्न खासै समस्या हुदैन किनकी कुनै बहस नपरेको बेला उनीहरु दिनको बढीमा ५ वटा सम्म ट्विट गर्ने गर्दछन | त्यसैले उनीहरुले के लेखे भनेर टाउको दुखाउन पर्ने आवस्यकता नै हुदैन | तर अधिकांस नेपाली ट्विटर प्रयोगकर्ताहरु मैले त्यो एकाउन्ट बाट फलो गरेका १०० को आसपास संख्यामा रहेका ट्वीटेले एक दिनमा गर्ने भन्दा बढी ट्विट गर्ने गर्दछन | र केहि ट्विटर एकाउन्ट प्रयोगकर्ता यस्ता सम्म छन् की के कुरा सामाजिक संजालमा दिने के नदिने भन्ने कुरा समेत ख्याल नगर्ने गर्दछन | मैले केहि पोस्ट यस्ता सम्म देखेको छु की "एक छिन कुर्नुहोस मा ट्वाइलेट गएर आउछु " भनेर सम्म लेखेका छन् केहि मित्रहरुले |  यसबारे एकजना ट्विटर प्रयोगकर्ता khaklyaksoltee ले लेखेका थिए की नेपाली ट्विटर प्रयोगकर्ताले ट्विटरलाइ ग्रुप च्याटको रुपमा प्रयोग गर्ने गर्छन (उनको पोस्ट यहाँ हेर्नुहोस ) | हो हामी ट्विटरलाइ ग्रुप च्याटकै रुपमा बिकास गरेका छौं | यसमा कुनै दुइ मत छैन | र यो कुरा हामीले अरुले ट्विटर प्रयोग गर्ने सैली भन्दा पृथक र आफ्नै तरिकाले बिकास गरेको सैली हो |
त्यस्तै ट्विटरमा आएको अर्को प्रचलन हो छद्म नामको ब्यापक प्रयोग | हामि स्कुल पढ्दा हाम्रा सहपाठी मित्रले प्रेमपत्र लेख्दा अरुले फेला पारे भने सबैले थाहा पाउँछन भनेर छद्मनाममा लेख्ने गर्दथे | पछी माओबादी जनयुद्धमा समेत त्यस्तै नाम प्रयोग गर्छन भन्ने बुझियो | अहिले चाहिं ट्विटरमा यसको प्रयोग ब्यापक छ | यसको लागी कुन मनोविज्ञानले काम गरेको छ त्यो त मैले अहिले सम्म बुझेको छैन | फेक र छद्मनाम प्रयोग गर्नेअरुको बारे मैले पहिला पनि पोस्ट गरेको थिएँ (हेर्नुहोस टुइटरका फेक हरुको कुरा )   तर अहिले त दिनदिनै युजरनेम र ह्यान्डिल फेर्ने लहर नै चलेको छ | २४ घण्टा टाइमलाइनमा बस्न नसक्ने हो भने थाहा हुँदैन कसले ट्वीट गर्दै छ भनेर | तर अहिले त ट्विटरमा आफ्नो सशक्त पहिचान बनाएका र सामाजिक संजाल सम्बन्धी बिशेस ज्ञान भएका भनेर मानिनेहरु समेत आफुलाई छद्मनाममा प्रस्तुत गर्न लागेछन | यसको अर्थ सायद अब नेपाली ट्वीटेको माझमा छद्मनाम र ह्यान्डिल बैध नै भयो भन्ने हो त? र हामीले नयाँ ट्विटर संस्कृति बिकास गरेकै हो त?