हिंजो ट्विटरमा एकजना मित्रले मनोक्रान्ती अभियानमा रहेका केहि व्यक्तिहरुले केहि बर्ष अघी गरेको नग्न जुलुसको फोटो राख्नुभएको थियो | त्यो फोटो हेरेपछी केहि बर्ष अघिका एक एक घटनाहरु मनमा झलझली याद आए | बिशेस गरि म मनोक्रान्ती अभियानमा लागेको समय देखी त्यो अभियान छोड्ने बेला सम्मको परिस्थितीको सम्झना आयो |  त्यतीबेलाको संस्मरण र बिशेस गरि म मनोक्रान्ती अभियानसँग छुट्टिएको अवस्थाको चर्चा गर्न लागेको छु
म जतिबेला आइएससी सकेर के गर्ने र के नगर्ने भन्ने कुरामा अल्झिरहेको बेला मनोक्रान्ती अभियानमा प्रवेश गरेको थिएँ | त्यतीबेला बिकाशआनन्दले दिने जीवनदर्शनको प्रबचन निकै जोशिलो र उपयोगी लाग्थ्यो | साकारात्मक सोंचको बारे दिने प्रबचनले आफुसँग भएका सबै समस्या कुनै दिन ठुलो अवसर बनेर आउने छन भन्ने मनमा लाग्थ्यो | त्यसमाथी ध्यानका केहि प्रयोग हरुले साच्चिकै आफुभित्र पक्कै केहि छ भन्ने भान हुन्थ्यो |
म अहिले जहाँ छु त्यसको धेरैथोरै श्रेय बिकाशआनन्द र मनोक्रान्ती अभियानलाइ जान्छ | म उनीबाट सकारात्मक सोंचको बारे सिकें | ध्यान र अध्यात्मको गुढ रहस्य पत्ता लगाउने यात्रा सुरु भयो | अझ बिशेस गरी पुस्तक अध्ययनको महत्वपूर्ण पाटोमा बढ्न समेत त्यहींबाट प्रेरणा मिलेको थियो |
त्यती  बेला मनोक्रान्ती अभियान बिभिन्न चमात्कार देखाउने स्थल समेत बनेको थियो | पेटमाथीबाट गाडी गुडाउने, आगोमा हिड्ने घन्टौ नरोकिई प्रबचन दिने जस्ता अनौठा कार्य मनोक्रान्ती योद्धाले गर्दै आएका थिए | तर मिडियामा भने ती समाचार आएका थिएनन | त्यस बिरुद्ध मनोक्रान्तीले आन्दोलन छेडेको थियो | सकारात्मक समाचारलाइ स्थान दिन छोडेर नकारात्मक समाचार मात्र पाथामिकता दिएको भनेर बिभिन्न मिडिया हाउसमा गएर त्यसबारे जानकारी दिने प्रयास समेत भएको थियो | त्यसक्रममा कान्तिपुर पब्लिकेसनमा जानेक्रममा मा समेत गएको थिएँ | त्यसको ठिक भोली पल्ट नयाँसडकमा नाङ्गो जुलुस भो रे भन्ने सुनियो | मनोक्रान्ती अभियानमा नै जोडिएको बेला भएको त्यो कार्यले अचम्मित तुल्याएको थियो | मैले अहिले सम्म पनि त्यो कार्य नियोजित रुपमा प्रचारबाजीको लागी गरिएको कार्य थियो अथवा सामान्य आन्दोलनको प्रक्रिया भनेर बुझ्न सकेको छैन | तर त्यसदिन त्यो जुलुसमा गएका मित्रको भनाइमा चाहिं नयाँसडकमा सकारात्मक समाचारको बारे र्याली गर्ने मात्र कार्यक्रम रहेको तर बिचमा एक्कासी त्यो योजना बनेको भन्ने सुनेको थिएँ | तर त्यतीबेला बिकाशानन्दको माओबादी नेतृत्वसँगको सुमधुर सम्बन्धको कारण खासै केहि कारबाही भएन र उनीहरु छिट्टै नै प्रहरी हिरासतबाट छुटे |


तर यती हुँदाहुँदै पनि म मनोक्रान्ती अभियानमा अडिन सकिन | त्यो कारण सम्झिदा अहिले सम्म पनि अचम्म लाग्छ | बिकाशानन्दको एउटा प्रबचनले नै मलाइ त्यो अभियानमा रहिरहन मन लागेन | त्यो प्रबचन थियो संबिधान सभा पछी उनले खुल्लामंचमा दिएको खुल्ला प्रबचन | संबिधान सभा निर्बाचनको ठिक अघी बिकाशानन्दले गोदावरीमा आफ्नो आश्रम स्थापना गरेका थिए र त्यसको उद्घाटन तत्कालीन नेकपा माओबादीका अध्यक्ष प्रचण्डले गरेका थिए | त्यो दिनको प्रबचनमा त मा उपस्थित थिइन तर निर्बाचन पछीको प्रबचनमा बिकाशानान्दले त्यस दिनको संस्मरण सुनाएका थिए  | त्यसक्रममा उनले भने मनोक्रान्ती म्याट्रिक्स उद्घाटनको दिन प्रचण्डलाई उनले महामहिम भनेर सम्बोधन गरे रे | त्यसको उत्तरमा प्रचण्डले महामहिम त रास्ट्रपती र राजदुतलाई मात्र भनिन्छ म त दुवै हैन  भनेर भनेछन | अनि बिकाशानन्दले भनेछन “लंकातटमा भगवान श्रीरामले बिभिसनलाइ लंकेश भनेर सम्बोधन गर्नुभो | बिभिसनले भन्नुभो प्रभो लंकेश त लंकाको राजालाई मात्र भनिन्छ | अहिले लंकाको राजा रावण हो त्यसैले म लंकेश हैन | अनि श्रीरामले भन्नुभो बिभिसन तिमी ब्रतमान देख्दै छौ मा भबिष्य देख्दै छु | तिम्रो भबिष्य देखेर नै लंकेश भनेको हो | हो ठिक त्यसरी नै महामहीम प्रचण्ड म तपाइँको भबिष्य देखेको छु | तपाइँ नेपालको प्रथम रास्ट्रपती बन्नुहुनेछ | त्यसैले मैले महामहीम भनेको हो ”| यो कुरालाइ जोडेर माओबादीले निर्बाचन जितेको र आफ्नो भबिष्यबाणी पुरा भएको बताएका थिए | त्यो प्रबचन पछी अरुलाइ के भो मलाइ थाहा छैन तर मैले उनलाई गरेको श्रद्धा चाहिं घट्यो | र मेरो नियमित प्रबचानमा जाने तथा मनोक्रान्ती अभियानका कार्यक्रममा सहभागी हुने प्रक्रिया समाप्त भयो |
केहि कुरामा असहमती भए पनि उनीसँग मेरो कुनै पूर्बाग्रह छैन | म अहिले पनि आफ्नो अध्यात्मिक यात्राको प्रथम गुरु बिकाशानन्दलाइ नै मान्छु | किनकी ध्यानको आनन्दसँग उनैले पहिलोपल्ट मलाइ परिचित बनाएका थिए | तर अहिलेपनी थुप्रै युवा उनका चेला बन्छन अनि कि त उनका सबै कुरालाइ सकारात्मक सोंच भन्दै स्विकार गर्दै बस्छन बाँकी युवा उनका कुरा केलाउँदै त्यो अभियानबाट बाहिर आउने गर्छन | र अहिले सम्म पनि बिभिन्न उतारचढाब र बिबाद खेल्दै मनोक्रान्ती अभियान चलिरहेको नै छ |